
ललितपुर । ललितपुरको बुंगमतीस्थित द वन्डरल्याण्ड गेमजोनले ‘वन्डरल्याण्ड कार्निभल’ घोषणा गरेको छ । डिसेम्बर २४ देखि जनवरी १ सम्म सञ्चालन हुने कार्निभलमा परिवार र साथीहरूसँगै सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।
कार्निभलमा अतिरिक्त खेलहरू, मस्कट परेड, सान्ताक्लाज बिंगोे सत्र, लक्की ड्र, खेल प्रतियोगिता, लाइभ ब्याण्ड र डिस्को नाइट जस्ता रोमाञ्चक गतिविधिहरू हुने बताइएको छ ।
एक वर्ष अवधिमा वन्डरल्याण्ड एक उत्कृष्ट मनोरञ्जनस्थलका रूपमा पहिचान बनाउन सफल भएको छ । कार्निभलले एक वर्षमा प्राप्त गरेको सफलताको उत्सव मनाउँदै भविष्यमा पनि वन्डरल्याण्डमा उत्सव र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ ।
नेपालको एक छुट्टै विशेषतामुक्त फनपार्क वन्डरल्याण्डमा सबै उमेर समूहले मनोरञ्जन लिन सक्ने बताइएको छ । थ्रिल राइड्सदेखि लिएर पूर्णतः डुब्दो भर्चुअल रियालिटी अनुभव लिन सकिने कम्पनीले जनाएको छ । जहाँ गो-कार्टिङ, भर्चुलअ रियालिटी, मोटोराइज्ड जीपलाइन, प्रोजेक्सन ब्लोलिङ, ट्राम्पोलाइन, आउटडोर राइड्स र आर्केड गेम जस्ता जस्ता सुरक्षित र रोमाञ्चक गतिविधि गर्न पाइन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच