काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना पराजित भएको छ। बार्सिलोना आइतबार बिहान राति एट्लेटिको म्याड्रिडसँग २–१ गोलले पराजित भएको हो।
१–० ले पछि परेको स्थितिमा कमब्याक गर्दै एट्लेटिकोले बार्सिलोनालाई हराएको थियो। एट्लेटिकोका लागि डि पाउलले ६० र सोइरलोथले इन्ज्युरी समयको ६ मिनेटमा गोल गरेका थिए।
पेड्रीको गोलबाट खेल सुरू भएको ३०औं मिनेटमा बार्सिलोनाले अग्रता लिएको थियो। तर, त्यो अग्रतालाई ६० मिनेटमा एट्लेटिकोले बराबरीमा ल्याएको थियो।
यो जितसँगै १८ खेलमा ४१ अंकसहित एटलेटिको लिगाको शीर्ष स्थानमा रहेको छ। बार्सिलोना १९ खेलमा ३८ अंकसहित दोस्रो र एक खेल कम खेलेको रियल म्याड्रिड ३७ अंकसहित तेस्रो स्थानमा छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच