![कर्जाको ब्याजदर सिङ्गल डिजिटमा आउँछ : गभर्नर अधिकारी](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/maha-prasad-adhikari.jpg)
काठमाडौं । तत्कालीन पञ्चायतकालको विरोध र प्रजातन्त्रको स्थापनाका लागि नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको ‘झापा विद्रोह’ को स्मरणमा आधारित लेखक कुमार भट्टराईकृत ‘२८ साल’ सार्वजनिक भएको छ । उक्त विद्रोहमा संलग्न नेता र पात्राहरूसँगको अनुभव समेटेर लेखिएको सो पुस्तकको ‘झापा विद्रोह’ का एक साक्षी ठूलो दुर्गा अधिकारी, वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल र लेखक भट्टराईले विमोचन गर्नुभयो । सांग्रिला बुक्सले प्रकाशन गरेको सो पुस्तक झापा विद्रोहका ३५ जना पात्रलाई केन्द्रित गरेर औपन्यासिक शैलीमा लेखिएको छ ।
विसं २०२७ चैतमा ‘पूर्वकोशी प्रान्तीय कमिटी’बाट झापाली युवाहरूले विद्रोह गरेर ‘कोअर्डिनेसन केन्द्र’ को गठन गरेपछि जमिन्दारी प्रथाविरुद्ध सशस्त्र कारबाही आरम्भ गरेका थिए । कार्यक्रममा ठूलो दुर्गा अधिकारीले त्यसबेलामा संघर्ष र बलिदानकै जगमा हाल मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै आन्दोलनमा लाग्दाका अनुभव र कथा–व्यथा देश र जनताका हितका लागि पस्कन आफूहरू तयार रहेको बताउनुभयो ।
वरिष्ठ पत्रकार दाहालले नेपालमा राणा शासन र पञ्चायत शासनविरुद्ध कम्युनिष्ट र कांग्रेसले अनेक चरणमा आन्दोलन गरेको उल्लेख गर्दै झापा विद्रोह एक महत्वपूर्ण चरण भएको बताउनुभयो । उहाँले पुस्तकका माध्यमबाट उक्त विद्रोहलाई हालसम्मका बुझाइलाई थप परिस्कृत बनाउन सहयोग मिल्ने जनाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच