कालीकोट । बाजुरा केन्द्रविन्दु भएर शनिबार बिहान गएको भूकम्पबाट मानवीय क्षति नभए पनि १५ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार भूकम्पले क्षति पुगेका घरका सदस्यलाई सुरक्षित ठाउँमा सारिएको छ ।
बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले हालसम्म १५ घर बस्न नमिल्ने गरी क्षति पुगेको जानकारी आएको र थप जानकारी लिने कार्य भइरहेको बताउनुभयो । ‘भूकम्पले मानवीय क्षति भएको छैन । पूर्ण रुपमा क्षति पुगेका घरका परिवारलाई नजिकै, आफन्तको घरमा सुरक्षित रहन भनेका छौं’, उहाँले भन्नुभयो ।
सीडीओ पाध्याका अनुसार १५० भन्दा बढी घरमा भूकम्पले आंशिक क्षति पुर्याएको छ । ‘विवरण संकलन गर्ने काम भइरहेको छ । भोलिसम्म योबारे पूर्ण जानकारी आउँछ ’, उहाँले भन्नुभयो ।
उहाँका अनुसार भूकम्प प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन भइसकेको र पीडितको सुरक्षाका लागि आइतबारदेखि राहतको व्यवस्था गर्ने योजना छ ।
बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर आज बिहान ४:१४ बजे ५ दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच