राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङद्वारा रोल्पाको होलेरी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा शुरु

रोल्पा । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले रोल्पाको होलेरि प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा सहकार्य शुरु गरेको छ । आइतबार एक कार्यक्रमकाबीच प्रतिष्ठानले स्वास्थ्य सेवा सहकार्य शुरु गरेको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रोल्पा १ ख का प्रदेश सांसद तथा लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले आफू रोल्पा बाट निर्वाचित भएदेखी र स्वास्थ्य मन्त्री हुँदा नै विभिन्न समयमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा रोल्पाको होलेरिमा पनि बिस्तार गर्नुपर्छ भन्ने बारेमा पहल गर्दै आएको बताउँदै प्रतिष्ठानको सेवा बिस्तारले रोल्पाको करिब आधा भु-भागका जनताहरुलाइ मात्र नभइ छिमेकी जिल्लाका नागरिकहरुलाई समेत स्वास्थ्य सेवाको सुबिधा हुने बताउनु भयो ।

कार्यक्रममा बोल्दै रुन्टिगढि गाउँपालिका रोल्पाका अध्यक्ष जनक पुनले गाउँपालिकाको ठुलो प्रयास र विभिन्न निकाय तथा ब्यक्तिहरुको सहयोग र समन्वयकाबीच रोल्पामा पहिलो पटक स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा गाउँपालिकाको स्वास्थ्य केन्द्र होलेरी स्वास्थ्य केन्द्रमा बिस्तार गर्न सफल भएको बताउदै प्रतिष्ठानको सेवा बिस्तारले पालिका भित्रका नागरिकहरुले मात्र नभइ छिमेकी पालिका र जिल्लाका नागरिकहरुले समेत गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा चौबीसै घन्टा पाउने बताउनु भयो ।

अध्यक्ष पुनले अबका दिनमा प्रतिष्ठान संग सहकार्य गर्दै सकेसम्म प्रत्येक महिनामा एउटा विशेषज्ञ स्वास्थ्य शिबिर संचालन गरि जनतालाई विशेषज्ञ स्वास्थ्य सेवा दिने बताउनु भयो । कार्यक्रममा बोल्दै प्रतिष्ठानका रजिस्टार प्राध्यापक श्याम लम्सालले रोल्पाका प्रदेश साम्सद दिपेन्द्र कुमार पुन र रुन्टिगढि गाउँपालिकाका अध्यक्षको चासो र लामो प्रयासले गर्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा रोल्पाको होलेरीमा बिस्तार भएको बताउदै प्रतिष्ठानले गाउँपालिका संग सहकार्य गर्दै थप सेवा बिस्तारका लागि अगाडि बढने र सेवा लामो समय सम्म निरन्तरता रहने बताउनुभयाे । निकट भबिस्यमै रोल्पाको सदरमुकाम लिवाङमा पनि सेवा बिस्तार गर्ने बारेमा पनि आवस्यक छलफल भइरहेको उहाँकाे भनाइ छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिष्ठानमा एमबीबीएसको पढाई सुरु गर्ने भएपछि रोल्पाको होलेरीमा आफ्नो सेवा विस्तार गरेको बताइएको छ।

प्रतिष्ठानले होलेरी प्राथमिक स्वास्थ्य केन्द्रका लागि एमबीबीएस चिकित्सक डाक्टर देबराज गिरिलाई नियुक्त गरेर स्वास्थ्य केन्द्रमा पठाइ सेवा बिस्तार शुरु गरेको बताएको छ। स्वास्थ्य केन्द्रमा एमबीबीएस चिकित्सकको व्यवस्था भए सङ्गै स्थानीय जनताले २४ सै घण्टा स्वास्थ्य सेवा प्राप्त गर्ने प्रतिष्ठानका निर्देशक डाक्टर जनार्दन पन्थीले बताउनु भयो । प्रतिष्ठानकाअनुसार एमबीबीएस पढाइको लागि प्रतिष्ठानले ५० सिट प्राप्त गरेपछि होलेरी प्राथमिक स्वास्थ्य केन्द्रलाई कम्युनिटी आउट रिच सेन्टरको रुपमा रहने गरी व्यवस्थापन गर्ने बताइएको छ ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सरिता केसी, वडा अध्यक्ष तुल्सी पुनलगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?