रौतहट । रौतहटको गरुडा नगरपालिकाको एक वडाध्यक्षले योगकर्तालाई पोसाक सहयोग गर्नुभएको छ । गरुडा ५ का वडाध्यक्ष राम विनोद साहले वडा कार्यालयको तर्फबाट वडाका सरोकारवाला योगकर्तालाई एकै किसिमको पोसाक प्रदान गर्नुभएको हो ।
वडा नम्बर ५ को शिवनगर र महम्मदपुरमा गरी दुई ठाउँमा नियमित रुपमा योग शिविर संचालन हुँदै आएको छ । दुवै ठाउँका योगकर्ता गरी एक सय जनालाई पोसाक प्रदान गरिएको वडाध्यक्ष साहले बताउनु भयो ।
योग, व्यायाम तथा ध्यान गर्नेहरुको मागअनुसार जाडोमा काम लाग्ने पोसाक प्रदान गरिएको हो । अहिले जाडोको मौसम भएकोले घरबाट योग शिविरसम्म पुग्न तथा योग गर्न सजिलोको लागि बाक्लो किसिमको पोसाक प्रदान गरिएको वडाध्यक्ष साहको भनाइ छ ।
योगले स्वास्थ्य दिने तथा अनुशासन सिकाउने हुनाले योगको आकर्षण बढिरहेको तथा आफ्नो वडाको एक ठाउँमा सबै योगकर्ता पुग्न सम्भव नभएकोले दुई ठाउँमा योग संचालन भइरहेको तथा अझ व्यवस्थित गर्ने प्रयास भइरहेको वडाध्यक्षको भनाइ छ ।
पोसाक प्राप्त भएपछि योगकर्ताहरु उत्साहित भएका छन् । नियमित योग गर्ने कार्यपालिका सदस्य ध्रुव साह कानुले वडा कार्यालयको समन्वयमा योगकर्तालाई वडाध्यक्ष राम विनोद साहले पोसाक दिएर एक किसिमले सम्मानित गरेको बताउनु भएको छ । जाडो महिनामा मौसम अनुकूल तथा योगको प्रकृतिसित मिल्दो पोसाक प्रदान गरेपछि सबैमा खुसी छाएको कानुको दाबी छ ।
गरुडा नगरपालिकाले पनि योगकर्ताहरुलाई सहयोग गर्दै आएको छ । केही महिना पहिले पाँच दर्जनभन्दा बढी योगकर्तालाई नगरपालिकाको रेखदेख तथा व्यवस्थापनमा दुई हप्ताको भ्रमण गराइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच