ललितपुर । नेपाल काष्ठकला संघको शनिबार ललितपुरमा सम्पन्न १३औँ र १४औँ वार्षिक साधारणसभाबाट उपेन्द्र बाराहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ, सचिवमा मदन शाक्य र कोषाध्यक्षमा रमेश प्रधानांग निर्वाचित हुनुभएको छ ।
सदस्यमा राजेशमान राजचल, निरञ्जन श्रेष्ठ, टेकबहादुर सिकर्मी, अम्बिरराज शाक्य र रविन्द्र शाक्य निर्वाचित भएको संघले जनाएको छ । नवनिर्वाचित अध्यक्ष बाराहीले काष्ठकला व्यवसायका लागि कच्चा पदार्थ(काठ), दक्ष जनशक्तिको समस्या रहेको भन्दै कच्चा पदार्थ र दक्ष जनशक्ति समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच