पोखरा । थ्रीस्टार क्लब आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । एञ्जल महर्जनको निर्णायक गोलमा आयोजक सहारा क्लबलाई मंगलबार दुई-एकले हराउँदै थ्रीस्टार अन्तिम आठमा पुगेको छ । थ्रीस्टारलाई जिताउन एञ्जल र योगेश गुरुङले गोल गर्नुभयो । सहाराका आशिष गुरुङले एक गोल फर्काउनुभयो ।
खेलको पाँचौँ मिनेटमा योगेशको गोलमा थ्रीस्टारले अग्रता लियो । २३औँ मिनेटमा आशिषले बराबरी गोल गर्नुभएको थियो । लक्ष्मण रुचालको फ्रिकिकमा आशिषले हेडमार्फत् गोल गर्नुभएको हो ।
५९औँ मिनेटमा एञ्जलले गोल गर्दै थ्रीस्टारलाई दोस्रोपटक अग्रता दिलाउनुभयो । प्रतियोगिताको दोस्रो खेल बुधबार त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख एक हजार र दोस्रो हुने टोलीले ६ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । सहभागी टालीले हरेक खेलमा प्रोत्साहन रकम पनि पाउनेछन् ।
झापा गोल्डकप
झापा गोल्डकप फुटबल प्रतियोगिताको छैटौँ संस्करण अर्को महिना आयोजना हुने भएको छ । फागुन १९ देखि २८ गतेसम्म हुने प्रतियोगिता आयोजक झापा गोल्डकपले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर छैटौँ संस्करणबारे जानकारी दिएको हो ।
बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत खेलाडीले पाउने पुरस्कार यो वर्ष बढाइएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो । यो वर्ष झापा गोल्डकपको विजेता टोलीले उपाधिसहित १३ लाख र दोस्रो हुने टोलीले नगद सात लाख रुपैयाँ पाउनेछन् । पाँचौँ संस्करणमा विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पाएका थिए ।
प्रतियोगितामा आयोजकका तर्फबाट झापा ११ फुटबल क्लबसहित नेपालका ७ र विदेशी तीन गरी १० वटा टिमको सहभागिता रहने बस्नेतले बताउनुभयो । प्रतियोगिता सञ्चालनका लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको कोषाध्यक्ष केदार गिरीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच