नेपाल प्रिमियर लिग (एनपिएल) सुरु हुनुअघिसम्म विभिन्न टिकाटिप्पणी हुने गरेका थिए । यो कसरी अगाडि बढ्ला ? तर, प्रतियोगिता सम्पन्न हुँदासम्म यसले सबै प्रश्नको उत्तरमात्र दिएको छैन, विश्वकै ठूला ‘फ्रेन्चाइज लिग’हरूमध्ये एक बन्न पुगेको छ । लिगको नेपालमा मात्र होइन विश्वभरबाटै खुलेरै प्रशंसा भइरहेको छ । यो सब नेपाली क्रिकेट समर्थकले देखाएको मायाको परिणाम हो ।
आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको पहिलो सिजनको प्रतियोगितामा शनिबार नेपालले विजेता पाएको छ । रोमाञ्चक खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्ट्स विजयी बन्यो । तर, टियू ग्राउण्ड र बाहिर बसेर हेर्ने दर्शक हेर्दा त्यो जित नेपालको जस्तै देखियो । नेपाली दर्शकले क्रिकेटप्रति देखाएको यो माया सायदै अरू देशमा हुने स्वयं विदेशबाट नेपालमा खेल्न आएका खेलाडीले नै बताएका थिए ।
हालसम्मकै ठूलो पुरस्कार राशि र विदेशी खेलाडीको आगमनले एनपिएललाई राष्ट्रियमात्रै होइन अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन सफल रहृयो । पहिलो संस्करणको एनपिएलको भव्य समापनसँगै नेपाली क्रिकेटले नयाँ आयाम पाएको छ । यसले नेपाली खेलकुद र क्रिकेटमा नयाँ युगको सुरुवात गरेको छ । एनपिएलमा सहभागी आठ टोली नेपालका विभिन्न प्रदेशको प्रतिनिधित्व गर्दै बनाइएका थिए, जसले नेपालको प्रत्येक क्षेत्रलाई समेट्ने प्रयास गरेको थियो । बागमतीका दुई टोलीबाहेक हरेक प्रदेशका एक-एक टिम थिए । जसले सम्पूर्ण नेपाललाई एकजुट गर्ने काम गर्यो ।
प्रचारको सन्दर्भमा एनपिएल एकदमै सफल सावित भयो । विश्व प्रसिद्ध स्टार स्पोर्ट्स च्यानलमा प्रतियोगिताको प्रत्यक्ष प्रशारण हुनु नेपालको लागि सबैभन्दा सुनौलो अवसर बन्यो । नेपालले वर्षौंदेखि विश्वसामु पु¥याउन खोजेको सन्देश मज्जाले प्रशारण ग¥यो । जसले नेपाली खेलकुदको मात्र नभई नेपाललाई बुझ्ने अवसर पनि प्रदान ग¥यो । प्रत्यक्ष प्रसारणमार्फत् विश्वका क्रिकेटप्रेमीहरूले सुन्दर हिमशृंखला, रमणीय प्राकृतिक एवं सांस्कृतिक स्थलहरूको दृश्यावलोकन गर्दै क्रिकेट खेल हेर्ने अवसर पाए । नेपालमा पहिलोपटक आयोजना गरिएको एनपिएल क्रिकेट हेर्न पहिलो दिनदेखि नै क्रिकेट ‘क्रेज’ देखेर विश्वका क्रिकेटप्रेमीहरू चकित परे । अर्कोतर्फ नेपालीले विदेशी खेलाडीलाई देखाएको आत्मियता सम्झन लायक देखियो । नेपालीले जति नेपाली खेलाडीलाई माया गरे उत्तिनै विदेशी खेलाडीलाई पनि माया देखाए । यो आत्मियता भविष्यमा समेत विश्व जगतले सम्झनेछ ।
एनपिएलको अर्को सबैभन्दा महत्वपूर्ण पक्ष भनेको नयाँ खेलाडीको उदय हो । तीन साता चलेको प्रतियोगितामा केही नयाँ खेलाडीको उदय भएको छ । कर्णाली याक्सबाट खेलेका विपिन शर्मा प्रतियोगिताकै उदयीमान खेलाडी बने । उनीमात्रै होइन प्रतियोगिताले घरेलु मैदानबाट आधा दर्जन बढी नयाँ नेपाली खेलाडीको उदय भएको छ । जसले भविष्यमा नेपाली क्रिकेटलाई थप उचाइ प्रदान गर्न योगदान गर्न सक्नेछ । उसो त केही पुराना खेलाडीले आफूलाई प्रमाणित गरेका छन् । लिगमा छाएका नयाँ/पुराना खेलाडीले उमेर समूहदेखि राष्ट्रिय टिमकै लागि प्रभावशाली योगदान दिनसक्ने सम्भावना देखिएको छ । यतिमात्रै होइन, नेपालको ओपनिङको लय समात्ने, फाष्ट बलिङ सम्हाल्नेदेखि स्पिन आक्रमणलाई अझै बलियो बनाउने खेलाडी सतहमा आएका छन् । १६ वर्षीय देब्रे हाते स्पिनर विपिनप्रसाद शर्मा, देब्रेहाते ओपनर दिनेश खरेल, फाष्ट बलर नन्दन यादव, रिजन ढकाल र मिडियम पेश बलर किशोरले प्रतियोगितामा धेरैको ध्यान ताने । यसबाहेक शेर मल्ल र दीपेश कँडेल तथा १९ वर्षीय नरेन साउद पनि एनपिएलमा प्रभाव पार्ने बलर हुन् । कर्णालीले ट्यालेन्ट हन्टबाट खोजेका विपिनले एनपिएलको पहिलो संस्करणमा तहल्का नै मच्चाए ।
एनपिएललाई सही तरिकामा निरन्तरता दिने हो भने यसले नेपालको क्रिकेट उद्योगलाई एक अर्ब (१०० करोड)को उद्योगमा परिणत गर्ने निश्चित छ । यो नेपाली खेलकुद उद्योगको विस्तारीकरण र दिगो आर्थिक स्रोतको रूपमा देखापरेको छ । एनपिएलले आर्थिक दृष्टिले ठूलो अवसर सिर्जना गर्नेछ । विदेशी खेलाडीको सहभागिताले नेपाली खेलाडीको स्तर बढाउनेछ र अन्तर्राष्ट्रिय मञ्चमा खेल्ने अवसर प्रदान गर्नेछ । एनपिएलले युवा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म दिनेछ ।
यसका लागि व्यावसायिक मापदण्ड र संरचनामा सुधार गर्नु आवश्यक छ । यसलाई अझै पारदर्शी बनाउन पनि आवश्यक छ । प्रतियोगिताको व्यवस्थापन र प्रक्रियामा पारदर्शिता र व्यावसायिकता ल्याउन आवश्यक छ । पहिलोपटक यति ठूलो प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको नेपाल क्रिकेट संघ (क्यान) र यससँग जोडिएका व्यक्तिहरू धन्यवादका पात्र हुन् । पहिलो संस्करणले नेपाली खेलाडीहरूलाई एउटै प्रतियोगिता खेलेबापत २० लाख रुपैयाँसम्म पारिश्रमिक पाउने हैसियत बनाएको छ, त्यो अत्यन्त प्रशंसनीय छ ।
आगामी दिनमा उनीहरूको आयस्तर अझ बढाउँदै लैजानुपर्छ । क्रिकेटले खेलाडी, खेलप्रेमी दर्शकहरूका साथै क्रिकेटमा लगानी गरेका व्यापारीहरूको समेत उत्साह बढाएको छ । अब यसमा सरकारले पनि चासो दिन आवश्यक छ । खैल मैदान बनाउनेदेखि भएकालाई स्तरोन्नति गर्न सरकारले लगानी गर्नुपर्छ । सरकारले खेलकुद क्षेत्रमा थप बजेट र स्रोतहरू विनियोजन गर्न आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच