
नेपालगञ्ज । नेपालगञ्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा बाँके जिल्ला फुटबल संघले सहकार्य गर्ने भएको छ । बाँके जिल्ला फुटबल संघको बैठकले नेपालगञ्ज रंगशालामा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा सहकार्य गर्ने निर्णय गरेको हो ।
अन्तरालको आयोजनामा फागुनमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ । बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले महिला फुटबलको विकासमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने भएकाले सहकार्य गरेको बताउनुभयो ।
नेपालगञ्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल पश्चिम नेपालकै ठूलो प्रतियोगिता हो । यसअघि प्रतियोगिताको लोगो सार्वजनिक भइसकेको छ ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले संयुक्तरूपमा लुम्बिनी कपको लोगो सार्वजनिक गर्नुभएको थियो । फागुनको अन्तिम साता हुने लुम्बिनी कपमा नेपाल र भारतका आठ टिमको सहभागिता रहने अनुमान गरिएको छ ।
आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बाँके जिल्ला फुटबल संघसँगको सहकार्यले प्रतियोगितालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच