नयाँदिल्ली । आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा भारतका खेलहरू युनाइटेड अरब इमिरेट्स (युएई)मा हुने भएका छन् । च्याम्पियन्स ट्रफीको आयोजना अधिकार पाकिस्तानले पाएको छ । तर, भारतीय क्रिकेट बोर्ड (बिसिआईले) पाकिस्तान भ्रमण नगर्ने भनेपछि भारतका खेल युएईमा गरिने भएको हो ।
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)का अध्यक्ष मोहसिन नाक्भी र युएई क्रिकेट बोर्डका अध्यक्ष सेख नहयान अल मुबारकबीच भएको भेटघाटपछि यस्तो निर्णय गरिएको हो । ‘पिसिबीले युएईलाई तटस्थ भूमिका रूपमा छनोट गरेको छ,’ पिसिबीका प्रवक्ता अमिर मिरले भन्नुभयो ।
निर्णयअनुसार भारत र पाकिस्तानबीचको खेल आउँदो वर्षको फेब्रुअरी २३ मा हुनेछ । भातरले समूह चरणमा पाकिस्तानबाहेक न्युजिल्याण्ड र बंगलादेशविरुद्ध पनि प्रतिस्पर्धा गर्नेछ । भारतका यी सबै खेल दुबईमा हुने सम्भावना उच्च छ ।
च्याम्पियन्स ट्रफीको साबिक विजेतासमेत रहेको पाकिस्तानले फेब्रुअरी १९ मा न्युजिल्याण्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यो खेल पाकिस्तानको कराँचीमा हुनेछ । पाकिस्तानले यसअघि सन् २०१७ मा भारतलाई हराउँदै च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच