काठमाडौं । युनिलिभर नेपालको लोकप्रिय ब्राण्ड क्लोजअपले यसपटक भ्वाइस अफ नेपालको नयाँ सिजन प्रायोजन गर्ने सम्झौता गरेको छ । कम्पनीका अनुसार आत्मविश्वास र ताजापनको प्रतीक मानिने क्लोजअपले नेपाली संगीत क्षेत्रको एउटा ठूलो मञ्च भ्वाइस अफ नेपालसँग सहकार्य गर्दै नयाँ प्रतिभाहरूलाई अवसर र प्रेरणा प्रदान गर्न लागेको हो ।
भ्वाइस अफ नेपाल सुरुवातकाल नै नयाँ र फ्रेस गायक-गायिकाको प्रतिभा उजागर गर्दै उनीहरूलाई नेपाली संगीत क्षेत्रमा स्थापित गराउने उद्देश्यले अग्रसर हुँदै आएको छ । क्लोजअप र भ्वाइस अफ नेपालको सहकार्यले प्रतियोगीहरूमा समेत थप आत्मविश्वास, ऊर्जा र ताजापन भर्ने विश्वास गरिएको छ । युुनिलिभर नेपालका मार्केटिङ हेड सौरभ कारञ्जीतले भन्नुभयो, ‘क्लोजअप सधैं आफ्ना उपभोक्तालाई आत्मविश्वास र ताजापनको महसुस गराउन समर्पित छ ।
भ्वाइस अफ नेपालसँगको सहकार्यले यस सन्देशलाई अझ व्यापक बनाउँदै नेपाली संगीतप्रेमीहरूको मनमुटुमा स्थान बनाउने हाम्रो प्रयास हो ।’ भ्वाइस अफ नेपालको आयोजक टोलीले पनि क्लोजअपसँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै साझेदारीले आयोजक र प्रतियोगी दुवैलाई थप प्रेरणा र हौसला प्रदान गर्ने जनाएको छ । साझेदारीले नयाँ पुस्ताको प्रतिभा निखार्ने र संगीत क्षेत्रलाई थप ऊर्जाशील बनाउने मार्गहरू उजागर गर्ने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच