काठमाडौं । संयुक्तराज्य अमेरिकाको विभिन्न सहरमा नेपाली कला र संस्कृति प्रवद्र्धन गर्ने उद्दश्यले सांगीतिक तथा हास्य व्यंग्यात्मक कार्यक्रम हुनेभएको छ । ‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’ र ‘अब सुन्छ अमेरिका’ कार्यक्रम आउँदो वर्ष सन् २०२५ को फेब्रुअरी तथा अप्रिल महिनामा हुने आयोजक फ्लाइ नेपाका अध्यक्ष विनोद अधिकारीले जानकारी दिनुभयो ।
‘यस अगाडि गरिएको कार्यक्रमले हामीलाई हौसला मिलेको हो । हामी यसलाई अझै सभ्य र भव्य रूपमा गर्ने तयारीमा छौँ । अमेरिकाका विभिन्न सहरमा हामी प्रस्तुत हुनेछौँ,’ उहाँले भन्नुभयो ।
‘अब नाच्छ अमेरिका २’ अन्तर्गत गायक बद्री पंगेनी, प्रताप दास, गायिका कला लम्साल, एलिना चौहान, ‘अब सुन्छ अमेरिका’ अन्तर्गत कवि प्रदीप रोदन र साइग्रेस पोखरेलले आफ्नो प्रस्तुति दिनुहुनेछ । यस्तै, ‘अब हाँस्छ अमेरिका २’ मा मिस पवि, पवन खतिवडा, सुजिता श्रेष्ठलगायतले प्रस्तुति दिने आयोजकले जनाएको छ ।
गायिका लम्सालले आफूलगायत सम्पूर्ण कलाकारहरूले प्रस्तुतिको तयारी गरिरहेको बताउनुभयो । आयोजकका अनुसार अमेरिकाका न्यूयोर्क, वासिंटन डिसी, ओहायो, कोलोराडो, बोष्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्नियालगायत शहरमा कार्यक्रम हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच