भोजपुरको चखेवामा आगामी माघ एक गतेबाट सांस्कृतिक तथा पर्यटन कृषि मेला

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुर र खोटाङको सिमाना पर्यटकिय क्षेत्र चखेवाडाँडामा आगामी माघ एक गतेबाट सांस्कृतिक तथा पर्यटन कृषि मेलाको आयोजना गरिएको छ । मुन्दुम ट्रेल भ्रमण बर्ष २०२५ लाई लक्षित गर्दै मेलाको आयोजना गरिएको आयोजक टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।

सरकारको एक सय पर्यटकीय गन्तब्य मध्ये भोजपुरको मुन्दुम पदमार्ग पनि एक भएकाले सो मार्गको प्रचार प्रसारका लागि पनि मुन्दुम ट्रेल भ्रमण बर्षको आयोजना गरिएको अध्यक्ष बस्नेतको भनाई रहेको छ । संस्कृति पर्यटन तथा नागरिक उडययन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यमा माघ एक गतेबाट पाँच गतेसम्म टेम्केमैयुङ गाउँपालिका वडा नम्वर ४ नागीको चखेवामा बृहत सांस्कृतिक तथा पर्यटन कृषि मेलाको आयोजना गरिएको गाउँपालिकाले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

स्थानीय स्तरका कृषि उत्पादनहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ हुने मेलामा कृषि प्रदर्शनीका साथै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुबाट सांस्कृतिक, सांगीतिक एवं मनोरञ्जनात्मक कार्यहरु हुने टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ ।

सो कार्यक्रममा मुन्दुम पदमार्गको प्रवर्द्धन र दिगो बिकासका लागि साझा अवधारणा पत्रको समेत सार्वजनिकिरण र हस्ताक्षर गरिने गाउँपालिकाले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । एक लाख पर्यटक भित्र्याउने लक्षका साथ गाउँपालिकाले मुन्दुम ट्रेल भ्रमण बर्ष २०२५ का लागि बिभिन्न कार्यक्रमहरु तय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?