काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटमा सोमबार बिहान मृत भेटिएका खोटाङका कूलप्रसाद आचार्य र कान्छा छोरा प्रविण आचार्यको हत्या उनकै जेठा छोरा मिलन आचार्यले गरेको खुलेको छ।
हत्या लगत्तै फरार रहेका मिलनले मंगलबार प्रहरीसमक्ष आत्मसमपर्ण गरेका छन्। उनले प्रहरी वृत्त महाराजगञ्ज पुगेर बाबु र भाइको हत्या गरेको स्वीकार गरेका छन्।
मिलनले मंगलबार बिहान १० बजेतिर प्रहरी वृत्त महाराजगञ्ज पुगेर आत्मसमर्पण गरेका थिए । उनले डम्बेल र सिलौटोले हानेर बाबु र भाइको हत्या गरेको प्रहरीसामु स्वीकार गरेका हुन्।
प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा आवेशमा आएर घटना घटाएको उनले प्रहरीलाई बताएका छन्।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार मिलनले हत्या गरेको स्वीकार गरेका छन् । हत्या गर्नुको कारणमा भने उनले पारिवारिक तानव भएको बताएको उहाँले जानकारी दिनुभयो ।
बाबु र भाइको हत्यापछि आफूले आत्महत्याको प्रयास समेत गरेको उनले बताएका थिए ।
रूपाकोट मजुवागढी १ खोटाङ घर भएका कुलप्रसाद जिल्ला हुलाक कार्यालयका निमित्त कार्यालय प्रमुख हुन्। उनका दुई छोरा प्रविण र मिलन भक्तपुरको बालकोटमा बसेर पढ्दै थिए।
कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण सोमबार मृत भेटिएका थिए ।
उनीहरुले चार वर्षदेखि उक्त घरमा कोठा लिएर बस्दै आएका थिए। मिलन लोकसेवा आयोगको तयारी गरिरहेका थिए भने भाइ प्रविनले भीएस निकेतनमा बीएस्सी अध्ययन गर्दै थिए।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच