काठमाडौं । वैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि अहिले धमाधम तयारी भइरहेको छ ।
देशभर मतदानका लागि बुथ निर्माणको काम आनसम्म सकेर भोलि भयरहीत वातावरणमा निर्वाचन गर्ने आयोगले जनाएको छ । आयोगले मतदान दिन जाँदा मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमूना मतपत्र लगायतका कागजातहरु, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाच्न चिन्ह भएको वा संकेत जानिने कुनै वस्तु लैजान नपाउने बताएको छ ।
त्यस्तै आयोगले मतदाता नामावलीमा समावेश भएका मतदाताहरुले मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी, जग्गाधनी प्रमाणपत्रका आधारमा भोट हाल्न पाउने व्यवस्था गरेको छ ।
भोलि हुने निर्वाचनलाई मध्यनजर गरेर निर्वाचन आयोगले आफ्नो सम्पूर्ण तयारी आज साँझसम्म सक्ने जनाएको हो । स्थानीय तहको चुनाव गराउन कर्मचारी र सुरक्षाकर्मीहरु मतदान स्थलमा पुगिसकेका छन् ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
प्राकृतिक चिकित्सामा-माटो चिकित्सा पद्धति
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल