पठाओद्वारा कोषलाई स्वास्थ्य सामग्री

Read Time = 1 min

काठमाडौं । राइड सेयरिङ पठाओ नेपालले पशुपति घाटका लागि स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ । पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले उक्त सामग्री पशुपति विकास कोषका उपनिर्देशक रेवतीरमण अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो ।

कम्पनीले कोषलाई करिब साढे पाँच लाख रुपैयाँ बराबरको सामान सहयोग गरेको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमालले जानकारी दिनुभयो । दुई थान अक्सिजन कन्सनट्रेटर, एक/दुई लिटर हृयान्ड स्यानिटाइजर पाँच सय थान, सर्जिकल मास्क पाँच हजार थान र अक्सिमिटर दुई थान सामान सहयोग प्रदान गरिएको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?