रुपन्देही । रुपन्देहीको बुटवलमा दशौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिता एवं खेलकुद दिवस २०८१ सुरु भएको छ ।
एभरेष्ट इङ्लिस माबिको आयोजनामा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा कुवरवर्ति ईगलिस बोर्डिङ स्कुलले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा कुँवरवर्ति इङ्लिस बोर्डिङ स्कुलले जनज्योती माबिलाई २–० को सोझो सेटमा हराएको छ ।
यस्तै मंगलबारनै भएको अर्काे खेलमा देवदह इ.बो. मा.वि. ले होराइजन जि.बि.एस.लाई २–१ को सेटमा पराजित गरेको छ । त्यसैगरी तेस्रो खेलमा देवदह बुद्ध पब्लिकले मणिमुकुन्द स्कुललाई सोझो सेटमा पराजित गर्याे भने मंगलबारको चौथो खेलमा मदरटङ्गस इ.बो. स्कुलले ग्रिन प्लान्ट इ.बो. स्कुललाई सोझो सेटमा पराजित गरेर अघिल्लो चरणमा प्रवेश गरेको आयोजक विद्यालयका सहप्राचार्य भिमसेन गौतमले जानकारी दिनुभयो ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले नगरका नीजि विद्यालयहरु खेलकुद गतिविधिमा अग्रसर रहेर खेलाडी उत्पादनमा महत्वपुर्ण योगदान दिएको बताउनुभयो । देशभरिकै पालिकामध्ये बुटवलले खेलकुदमा राम्रो बजेटको ब्यवस्थापन गरेको उहाँको दावी छ । विद्यालयस्तरमा हुने लगानी खेलाडी उत्पादनमा प्रभावकारी हुने भन्दै यसमा स्थानीय सरकार लागेको उहाँले बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले विद्यालयमा बालबालिकाहरुमा लुकेर रहेका प्रतिभा प्रस्फुटन हुने गरि शैक्षिकसंगै अन्य धेरै गतिविधिहरुमा अग्रसर हुदै आएको बताउनु भयो । खेलबाट नै देशको नाम कमाउने सक्ने गरि विद्यालय लागेको उल्लेख गर्दै उहाँले छात्रा भलिबल खेल र खेलाडी उत्पादनमा विद्यालयबाट विगत लामो समयदेखि लगानी गरेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच