✍️ अनिमेष दाहाल
(१) बन्द कोठामा यो संसार देख्छ
एक्लै भिड्छ-सधैं जित्छ
लाखौंलाई जित्छ,
रोक्ने यसलाई कसैमा आँट छैन
मन राजा ।
(२) असम्भव शब्द यसका लागि होइन
उड्छ, तैरन्छ, कुद्छ, उफ्रन्छ
विज्ञानको कुनै विधान मान्दैन
छेक्ने यसलाई कुनै बाँध छैन,
मन राजा ।
(३) समय यसका लागि कुनै तुक होइन
क्षणमा स्वर्ग क्षणमा पाताल
क्षणमा भूत क्षणमा वर्तमानकाल
रोक्ने यसलाई कुनै साँध छैन
मन राजा ।
(४) आँखा चिम्ल्यो कुद्यो सपनी संसार
हेर्यो मनले देख्यो ब्रहृमाण्ड विशाल
न हेर्न आँखा चाहिन्छ उसलाई
न सुन्न कान नै
न बोल्न जीब्रो न कुद्न पाउ नै
न उड्न पंख, न तैरन पखेटा
कहिले पात झै छ हलुंगो
कहिले फलाम झै गरुंगो
कहिले अणु झैं छ सानो
कहिले वायु विशाल
अदृश्य छ यसको दृश्य
त्यही पनि छ यो कति सादृश्य
अपूर्णतामा छ यो सम्पूर्ण
पूर्णतामा छ यो अपूर्ण
चरित्र छ यसको विचित्र
कोर्छ आफै आफ्नो दृश्य चित्र
मन राजा ।
(५) कहिले घुम्छ अप्सरा-
ऊर्वशी-मेनका संग
कहिले बस्छ यो सम्राट सिंहासन
मार्ने, यसलाई कुनै शस्त्र अस्त्र छैन
हर युद्ध जित्छ यो
मन राजा ।
(सप्टवेयर इन्जिनियर कवि दाहाल हाल अमेरिका भर्जिनियामा कार्यरत हुनुहुन्छ )
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच