सुर्खेत । नेपाल मगर महिला संघ केन्द्रीय समितिले कर्णाली प्रदेश संग्रहालयलाई मगर समुदायले लगाउने पोशाक हस्तान्तरण गरेको छ । डोल्पामा बसोवास गर्ने मगर समुदाय अन्र्तगत काइके समुदायमा क्षमता अभिबृद्धि कार्यक्रमपछि सुर्खेत फर्केको टोलीले प्रदेश संग्राहलय सुर्खेतलाई पोशाक हस्तान्तरण गरेको हो ।
नेपाल आदिवासी जनजाती महासंघ सुर्खेतका कार्यावहाक अध्यक्ष अशोक राजीका अनुसार मगर समुदायले लगाउने बाह्रघरे, अठारघरे र काइके समुदायले लगाउने पोशाक हस्तान्तरण गरिएको हो ।
मगर महिला संघ केन्द्रीय समितिका अध्यक्ष हिरु रानामगर सङ्ग्राहलयमा मगर समुदायले लगाउने पोशाक राखेपछि सबैले हेर्न र अवलोकन गर्ने भएकाले पोशाक हस्तान्तरण गरिएको बताउनुहुन्छ ।
‘यसअघि सङग्राहलय अवलोकन गरी मगर समुदायको पोशाक राख्ने प्रतिवद्धता जनाएका थियौं’ उहाँले भन्नुभयो, ‘हाल आएर मगर समुदाय अन्र्तगत तीन वटा समुदायको पोशाक प्रदान गरेका छौं ।’
मगर समुदाय अन्र्तगत अल्पसंख्यक काइकेको भाषा तथा पोशाक संरक्षणमा सिङ्गो मगर समुदाय नै लागि परेकाले सबैले सहयोग गरिदिन संघका केन्द्रीय महासचिव मिना घर्तिमगरले अनुरोध गर्नुभयो ।
पोशाक ग्रहण गर्दै कर्णाली प्रदेश संग्रहालय सुर्खेतका निमित्त प्रमुख अर्जुनबहादुर शाहीले मगर समुदायको पोशाकलाइ सुरक्षित तरिकाले प्रर्दशन गरीराख्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच