प्राचीन हिमवत्खण्डमा ‘सर्वे भवन्तु सुखीनः सर्वे सन्तु निरामय’ र ‘परोपकारः पुण्याय पापाय परपीडनम्’का ध्वनिहरू प्रत्येक जनका मन, वचन, कर्ममा ध्वनीत हुने गर्दथे ? यिनै शब्दहरू र सिद्धान्तहरू नै मानव सभ्यताको जग हो भने संस्कार र संस्कृति उसको जीवनको प्राण हो । जब मानिसले संस्कार र संस्कृतिलाई बिर्सन्छ ऊ दिशाविहीन हुँदै अन्ततः प्राणहीन बन्दछ । अझ भनौँ भने ऊ निशिमा बाटो हराएको पथिक समान हुन्छ र गर्तमा खस्ने पर्याप्त सम्भावनाको दौडमा गुज्रिरहेको हुन्छ । अहिले हामी हिँडिरहेको धरातलबाट जब-जब म यो कुरालाई आत्मसात गर्दै गहिराइमा पुग्छु । म फेरि हिमवत्खण्डदेखि पूर्वीय प्रशान्तका देशहरूको उत्थान र पतनको इतिहासलाई स्मरण गर्न थाल्दछु । यस क्रममा प्रथमतः संस्कार र संस्कृतिमा स्खलन आएपछि कम्बोडियादेखि थाइल्याण्डसम्ममा आएको विचलनको इतिहासलाई स्मरण गर्दछु । सिंगापुरको नामाकरण गर्ने श्री विजयका राजकुमार श्री त्रिभुवन र चोल साम्राज्य, परमेश्वर र मजापहित आदिको इतिहासले पूर्वीय द्वीपहरू आदिमा हिन्दू बाहुल्य हिन्दू सम्राटका अधीनस्त द्वीपहरू थिए भन्ने कुरामा गौरव बोध गर्दै त्यहाँ अवस्थित मन्दिर गुफाहरूको इतिहासलाई बारम्बार स्मरण गर्न पुग्दछु ।
भ्रष्टाचारको व्यापकताका कारणले साधारण कृषकदेखि एउटा शिक्षकसम्म पनि सत्यमा बाँच्न नसक्ने अवस्था उत्पन्न हुनु यो देशको भयावह दुर्भाग्य भएको छ । यसको ज्वलन्त प्रमाण शुद्ध दूध खान पाडो भएर जन्मनुपर्ने र बिना ट्युसन उत्तीर्ण हुन अर्को जुनी पर्खनुपर्ने मिथकले पुष्टि गर्दछन् ।
तर, समयको परिवर्तनसँगै ती देशमा जब अरबबाट आएका व्यापारीको घुसपैठ भयो तब संस्कार र संस्कृति स्खलित हुन थाल्यो । संस्कार र संस्कृति स्खलनको चर पाएका अरबीहरूले त्यहाँको सामाजिक संरचनामा आँखा लगाउन थाले र ती देशलाई मुस्लिम देशमा परिणत गर्ने षड्यन्त्र गर्न थाले । व्यापारीहरू धर्म परिवर्तन गराउने सूत्रधार नभए पनि माध्यम बन्न थाले । व्यापारलाई माध्यम बनाएर त्यसमार्फत् तिनीहरूले दरबारमा सम्पर्क बढाए । यसरी हिन्दू राजाहरूसँग मुस्लिम व्यापारीको सम्पर्क घनिभूत हुनेक्रम बढ्यो । फलतः मुस्लिम व्यापारीले ल्याएका कोशेलीरूपी सुन्दर युवतीका मोहमा राजा र दरबारियाहरू पर्न थाले । सुरासुन्दरीको जालमा परेका राजाहरूलाई शनैः शनैः वशीकृत गरियो र धर्म परिवर्तनका लागि तयार पार्नेसम्मको कृत्य हुन थाल्यो । डढेलोझँै फैलिएको यो षड्यन्त्रले राजा श्री परमेश्वरदेव शाहको पालामा सार्थकता पायो र उनी मुस्लिम युवतीसँग विवाह गरेर अबु सैयद, इस्कन्दर शाहमा परिणत भए र राज्यलाई समेत मुस्लिम साम्राज्य घोषणा गरे । पछि क्रमशः पूर्वीय टापुका अन्य देशहरू हिन्दू राज्यबाट मुस्लिम देशमा परिणत भए जो पूर्वीय दर्शन अनुयायीका लागि घातक साबित भयो । वर्तमानसम्ममा पनि उनीहरू यो पीडा सहेर जीवनयापन गरिरहेका छन् ।
यता भारत वर्षमा इसाईहरूको प्रवेश र त्यसपछि सत्ताकब्जाले भारतीयलाई क्रिस्चियनहरूको गुलाम बनायो । त्यसको प्रतिफल भारत हिन्दू राज्य रहन सकेन र धर्मनिरपेक्षमा चित्त बुझाउन बाध्य भयो । देश धर्मनिरपेक्ष भए पनि मन निरपेक्ष हुन सकेन । फलतः प्रतिवर्ष हजारांै जनताहरू धर्मका नाममा आपसी कलहका कारण मृत्युवरण गर्न विवश भएका छन् । भारत र पाकिस्तानबीच पटक–पटक युद्ध हुनु पनि यसैको परिणाम हो भन्दा अतिशयोक्ति नहोला । यहाँ ‘स्वधर्मे निधनं श्रेय परधर्मो’ भयावहको भावलाई कसैले आत्मसात गरेन वा गर्न सकेन, अंगीकार गरेको भए यो स्थितिको सामना गर्नुपर्ने थिएन । तर, यो आदर्श वाक्यको परिपालना एकपक्षबाट नभएकै कारण भारतमा प्रत्येक दिनजसो हिंसा हुने गरेको छ ।
आज आएर हामी आफूलाई शान्तिका अनुयायी भन्नेहरूमा पनि सन्ताप र संकटले पिरोलेको छ । जब-जब देशमा बेनहरूको प्रादुर्भाव हुन्छ तब–तब देशमा दुर्दशा बढेर जान्छ । यो शाश्वत सत्यलाई कसैले नकार्न नसक्ला । बेनकालमा हत्या, हिंसा, दूराचारले व्यापकता पाएझँै आज नेपाल आमा तिनै-तिनै समस्याहरूले ग्रस्त भएकी छन् । वर्तमानमा देशमा सत्यता भेट्नु हिमालयमा सञ्जीवनी भेट्नु सरह भएको छ । पशुपति र बुद्धका देशलाई होली वाइनले चोख्याउने सन्ततिहरूको प्रादुर्भाव भएको छ । पाश्चात्य मुलुकहरू आइएनजिओरूपी मुखुण्डोमा हाम्रो संस्कार र संस्कृति विनाशमा उद्यत देखिन्छन् र दूरदराजसम्म सहयोगका नाममा बाइबल वितरणमा निमग्न छन् । भ्रष्टाचारको व्यापकताका कारणले साधारण कृषकदेखि एउटा शिक्षकसम्म पनि सत्यमा बाँच्न नसक्ने अवस्था उत्पन्न हुनु यो देशको भयावह दुर्भाग्य भएको छ । यसको ज्वलन्त प्रमाण शुद्ध दूध खान पाडो भएर जन्मनुपर्ने र बिना ट्युसन उत्तीर्ण हुन अर्को जुनी पर्खनुपर्ने मिथकले पुष्टि गर्दछन् । देशमा राजनीति भ्रष्टाचारको पर्यायवाची भएको प्रतिफल आज लाखांै युवा प्रतिवर्ष प्रवासमा कुल्ली र दरवान हुन बाध्य छन् भने गाउँमा पनि दूध किसान दूधमा पानी नहाली बेच्दैन । खेतीवाला अत्यधिक रासायनिक प्रयोग नगरी बाँच्न सक्दैन ।
हिजो देशका समस्याको अन्त्य गर्ने नारामा देशमा आन्दोलनदेखि जनयुद्धसम्म गर्नेहरू आज खोटा सिक्कासम्म पनि नभएर केवल उपहास्य तस्बिरमा परिणत भएका छन् र निरर्थक भित्तामा झुण्डिएका छन् । अन्ततः जनताका नजरमा चोर साबित भएका उनीहरू स्वयंबाट नै सार्वजनिक गर्दछन् । देश चरम नेतृत्वविहीन अवस्थामा पुगेको छ । जनताका नजरमा अहिले कुर्सीमा आसन भएकाहरू केवल बेनका नयाँ प्रतिमूर्तिमात्र भएका छन् । देशमा नयाँ संविधान बन्यो, त्यसबाट देशको भलाइको साटो केवल नेताहरूको म्युजिकल चियर खेल्ने साधन भयो । सिंहदरबारलाई गाउँसम्म पुर्याउने बहानामा दुई तीन सयबाट बढेर हजारांै बेन सन्ततिहरू गाउँसम्म व्याप्त भए । सिंहदरबार र वरपर सीमित भ्रष्टाचार मौलाउँदै गाउँघरसम्म सहजै पुग्यो ।
परोक्षको आशीर्वाद प्राप्त गर्ने होडमा देशलाई गणतन्त्र बनाइयो । यो आफैंमा कति स्वागतयोग्य थियो यो क्रमशः अनुभूत हुँदै जाला । देशलाई गणतन्त्र बनाएपश्चात् बनाउनेले कहाँबाट के पाए उनीहरूलाई नै थाहा होला । तर, जनताले त कुनै नौलो अनुभूति पाएनन््, बरु विचलनको अनुभूति गर्न थाले । वर्तमानमा निरर्थक परिवर्तनको के प्रयोजन ? भन्ने अवस्थामा पुग्नु जनताहरूको दोष कतै नभएर यो त राज्य सञ्चालकको दोष हो । हातमा रथको लगाम समातेर घोडाले खाल्डोमा हाल्यो भन्नु केवल कायरतामात्र हो । यसो भन्न पाइन्छ वा पाइँदैन, यसको निर्णय अर्को पिडी र इतिहासले गर्ने छ । यस्तै ‘लथालिंग देशको भताभुंग चाला जसजसले सक्ला उसउसले खाला’ कै गतिमा देशरूपी रथलाई बेनहरूले अगाडि बढाए कतै देशको इतिहासमा पूर्णविराम त लाग्दैन, आजका जनताको भय र निगरानी यसैमा छ र हुनुपर्दछ ।
पञ्चायत कालको त्यो बेला पनि विरोधका नारा विद्यार्थीले घन्काएकै थिए अहिले पनि घन्काइकै छन् तर परिणाम त एकै भयो दोषीलाई उन्मुक्ति र शासकलाई हाइसञ्च ? आज पनि गाउँघर गरिबी र विभेदको रापमा तप्त छ तर शासन र न्याय कानमा तेल हालेर बसेको छ ।
गणतन्त्रमा जनताले अहिले घरआँगनमा देखेको भोगेको र अनुभूत गरेको भनेको त केवल विकासका नाममा गरिएको भ्रष्टाचारको नाटक मञ्चनमात्र हो । धर्मनिरपेक्ष मुलुकमा अझै न दलितमाथिको विभेदको अन्त्य भएको छ न त शासनले अन्त्य गर्ने पहल गरेको छ । बरु कर्णाली जस्ता हत्या र हिंसा थपिएका छन् । यस्तो निन्दनीय कर्मको न शासन न संविधानले रोक्न सकेको छ । आज पढ्न गएका नानीहरूको बलात्कार, हत्या, अपहरण गर्ने बेनका सन्तति भएकाले शासकले सार्वजनिक गर्न सक्दैन । पञ्चायत कालको पोखरामा घटित नमिता–सुनिता काण्ड र गणतन्त्र कालको कञ्चनपुरकी निर्मला पन्त हत्याकाण्डलाई कसरी पृथकीकरण गर्ने ? पञ्चायत कालको त्यो बेला पनि विरोधका नारा विद्यार्थीले घन्काएकै थिए, अहिले पनि घन्काइकै छन् तर परिणाम त एकै भयो दोषीलाई उन्मुक्ति र शासकलाई हाइसञ्च । आज पनि गाउँघर गरिबी र विभेदको रापमा तप्त छ तर शासन र न्याय कानमा तेल हालेर बसेको छ ।
देशमा अहिले विकास केवल कागज र भाषणमा फल्नफूल्न थालेका छन् । बेन र मित्र मण्डलीको दैनिकी दिनभरि विकासका भाषण गर्नु र बेलुका थाकेपछि भ्रष्टाचारको रस र त्यसमा झुम्मिने पुतलीमा लठ्ठ हुनुमै सीमित भएको छ । कागजमै आयोजना बन्नु र कागजमै हराउनु आजको नियति हो । लाउडा, धमिजा काण्ड नसेलाउँदै वाइडबडीको जन्म हुनु केवल कर्मचारीको मात्र दोष होइन, यसमा प्रत्यक्ष शासकको पनि जिम्मेवारी रहन्छ । महाकाली, कोशी, नारायणीका त कुरै छाडौँ । ओम्नी, सुनकाण्ड र नागरिक बिक्रीसमेत ओझेल परेका छन् । युवाले विदेशबाट पठाएको रेमिटेन्सले नपुगेर नागरिकलाई बेच्न तयार हुने नेता उत्पादन गर्ने राजनीतिलाई के भन्ने के दर्जा दिने ? यो आफैंमा यक्ष प्रश्नका रूपमा हाम्रो अगाडि उभिएको छ । यहाँ बेनहरू नीति, नियम, नैतिकता, लज्जा घृणाबाट विमुक्त छन् । उनीहरूको केवल एउटै सामूहिक लक्ष्य भनेको भ्रष्टाचारबाट अर्थ कमाउने र पुनः सत्ता कब्जा गरेर आफूले गरेका कुकर्मलाई ढाकछोप गर्नु र आफूलाई सुरक्षित बनाउनु मात्र हो । उनीहरूको अर्जुन दृष्टि भनेकै देशदोहन हो ।
अन्त्यमा हेरौँ, होली वाइनले सिञ्चित बेनमय यो बाटो हराएका देशका मुनिरूपी जनताले कति दिन ध्यानमा आफूलाई निमग्न राख्न सक्लान् ? अवश्य तिनको ध्यान भंग भएपछि आफैंले स्थापना गरेको बेनलाई उनीहरूले अन्त्य गर्नै पर्ने छ अन्यथा न देश न नेपाली हौँ भन्ने पुर्खाले अर्जेको स्वाभिमान सबै खरानी हुने छ । सबैमा हेक्का रहोस् । सबैलाई समयमै चेतना होस् ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच