काठमाडौं । नेपाल बिस्कुट उत्पादक संघले आगामी बजेटको स्वागत गरेको छ । बजेटमा उद्योग व्यवसाय, कृषि क्षेत्र, जलविद्युत्लगायत क्षेत्र समेटिएको र देश विकासका लागि सकारात्मक सन्देश दिन खोजेको भन्दै स्वागत गरेको हो । बिस्कुटजस्तो स्वदेशी उद्योगको उत्थानका लागि नेपाल सरकारले गरेको सकारात्मक निर्णयले देशभरका बिस्कुट उद्योगीमा आशा पलाएको संघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
संघका अनुसार बिस्कुटका लागि आवश्यक कच्चा पाम आयल, पामोलिनलगायत नेपालमा उत्पादन नहुने हुँदा विदेशबाटै आयात गर्नुपर्ने बाध्यता रहेको छ । उद्योग विभागको सिफारिसमा बिस्कुट उद्योगले पाम आयल, पामोलिनलगायतका कच्चा पदार्थ नेपालमा आयात गर्दा पाँच प्रतिशत भन्सार महसुल र विदेशबाट बिस्कुट आयातमा अन्तःशुल्क १५ प्रतिशत लाग्ने व्यवस्थाले सरकार बिस्कुटलगायतका स्वदेशी उद्योग संरक्षणमा सकारात्मक रहेको सन्देश प्रवाह भएको संघको भनाइ छ ।
नेपालमा आठ वर्षअघिसम्म करिब ३५ बिस्कुट उद्योग रहेकोमा आयातित बिस्कुटसँग प्रतिस्पर्धा गर्न नसकेकै कारण हाल १८ उद्योग हुन पुगेको छ । झण्डै १० अर्बभन्दा बढी लगानी रहेको नेपाली बिस्कुट उद्योग आत्मनिर्भरोन्मुख अवस्थातर्फ गएको भन्दै संघका महासविच विक्रम कर्माचार्यले खुला सीमाबाट तस्करी भई आउने बिस्कुट राजस्व अनुसन्धान विभागले राजस्व गस्ती परिचालन गरी रोक्न सकेमा बजेटले लिएको आत्मनिर्भर अर्थतन्त्रको लक्ष्यमा सघाउ पुग्न सक्ने बताउनुएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच