
कालीकोट । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले वाइटबडी जहाज खरिद प्रकरणमा आफूलाई बदनियतले फसाउन खोजिएको बताउनुभएको छ ।
पार्टीको कार्यक्रममा बुधबार कालीकोटको सदरमुकाम मान्म पुग्नु भएका नेपाली कांग्रेसका नेता समेत रहनु भएका शाहीले पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो ।
शाही पर्यटनमन्त्री हुँदा वाइटबडी जहाज खरिद प्रकरणमा अनियमितता गरेको भन्दै मुद्दा परेपछि निलम्बनमा पर्नु भएको थियो । तर, अदालतले शाहीले दोषी नभएको भन्दै सफाई दिएको थियो ।
अदालतको सफाईपछि एकैपटक कर्णालीमा जिल्लामा जनसभा गर्दै हिड्नुभएका शाहीलाई बुधबार कालीकोटमा समेत भव्य स्वागत गरियो । शाहीसँगै खानेपानी तथा जलस्रोत मन्त्री विजया बुढा, प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगी, कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपाली लगायतका नेताहरू कालीकोट पुग्नु भएको थियो ।
पार्टीगत छलफल र भेटघाटपछी प्रेस युनियन नेपाल कालीकोले गरेको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुका प्रश्नको जवाफ दिँदै नेता शाहीले वाइटबडी जहाज खरिदमा आफ्नो संलग्नता नरहेको र निर्देशन पनि नदिएकाले आफ्नो नाममा कसैले मुद्दा हालेको तर अहिले न्याय पाएको बताउनुभयो ।
'अदालतबाट सफाई पाएपछि साविकको कर्णाली वासिको आशिर्वाद लिँदै भेटघाटमा दौडिएको छु,'शाहीले भन्नुभयो ।। आफू कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री हुँदा कर्णालीमा गौरवका आयोजना ल्याउन सफल भएको समेत दाबी गर्नुभयो ।
पत्रकारको प्रश्नमा उहाँले करिडोरमा थप बजेट सुनथराली विमानस्थल सञचालनका लागि परिक्षण उडान, खुलालु पुलको वजेट सहित पहल लगायतका कामहरू अगाडि बढाएको जानकारी गराउनु भयो ।
कर्णालीको मुख्यमन्त्री भएको केही दिनमै आफूलाई मुद्दा हालिएको र काम गर्ने अवसर जनताले दिएपनि बैरि सत्रुले फसाउन खाज्दा सोँचे अनुरुप आफूले अझै काम गर्न नसकेको बताउँदै अन्तमा जनताको जीत भएको स्पस्ट पार्नुभयो ।
भेटघाट कार्यक्रममा प्रदेश योजना आयोगका सदस्य समेत रहनुभएका अशोकनाथ योगिले आफूले जिम्मेवारी पाएँ पश्चात् आयोग रलाई आयोग जस्तो बनाउने अभियानमा लागेको बताउँदै ब्याप्त निराशा लाई चिरेर आशा जगाउने काम भइरहेको बताउनुभयो । 'माननीय सदस्य भनेर गजक्क बस्नु छैन् । परिणाममुखि काम पनि गर्नु छ' योगीले भन्नुभयो ।
दोश्रो पञ्चबर्षिय योजना छिट्टै नै कर्णाली प्रदेश सरकार मन्त्रीपरिषदले स्वीकृति गरे पश्चात् ५ बर्षसम्म यो लागू हुने बताउनुभयो । पूर्वाधार, धार्मिक पर्यटन, कृषि उत्पादन र रोजगार अनि डिजिटल कर्नाली लाई जोड दिइने योगीको भनाइ थियो । सुशासन, सामाजिक न्याय र समृद्ध कर्नालीको ५ बर्षे सोच तय गरिएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच