
काठमाडौं । सरिता भारती र ओम सुनारको स्वरमा रहेको गीत ‘छोड सताउन’ सार्वजनिक भएको छ । डब्बु क्षेत्रीको शब्द रचना, गायक ओमकै संगीत एवं संगीत संयोजन, मनोज परियारको मिक्सिङ तथा मास्टरिङ र राजेन्द्र बजगाईंको रेकर्डिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
डब्बुकै निर्देशन र कृष्ण रसालको कोरियोग्राफी रहेको गीतको भिडियोमा सनम कठायत, प्रवण भुसाल, प्रतीक्षा काफ्ले, सजिना लामिछाने, रञ्जित सिञ्जाली, सरिता भारती, नकुल गिरी, हरिकृष्ण गिरी, सुरेन्द्र गिरीलगायतको अभिनय छ । राजेन्द्र पाण्डेको छायांकन, सम्पादन तथा रंग संयोजन रहेको गीतको भिडियो ओएसआर डिजिटलमार्फत् सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच