हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष एवं अध्यक्ष पदको उम्मेदवार अनिल अग्रवालको पहलमा एक विपन्न परिवारलाई खाद्यान्न र नगद सहयोग गरिएको छ ।
विभिन्न रोगको कारण ओछ्यानबाट उठ्न नसक्ने कुमारी श्रेष्ठको परिवारलाई अग्रवालले शनिबार खाद्यान्न र नगद सहयोग गर्नुभएको हो।
आमाको उपचारका लागि पैसा माग्दै हिडेको अवस्थामा छोरीलाई मकवानपुर घरजग्गा व्यवसायी संघ मकवानपुरका अध्यक्ष कमल मैनाली र उपाध्यक्ष राजकुमार बानियाँले शुक्रबार भेट्नु भएको थियो । उनीहरुकै आग्रहमा अग्रवालले १० हजार ५ सय नगद, ८ हजार रुपैयाँको खाद्यान्न र ग्याँस सिलिन्डर बिरामी श्रेष्ठलाई हस्तान्तरण गरिएको मैनालीले बताउनुभयो ।
खाद्यान्न सहयोगको लागि हेटौंडाका १० जना व्यवसायीसँग आर्थिक संकलन गरिएको बताईएको छ। कोठा भाडामा लिएर बसेको स्थानमा पुग्दा सुत्ने खाट, ओढ्ने सिरक र सुत्ने ओछ्यान पनि नभएको देखेपछि अग्रवालले सिरक र डस्ना पनि दिने अग्रवालले बताउनुभयो ।
श्रेष्ठकी १४ वर्षिया छोरीले आफ्नो आमाको उपचार र घर खर्चको लागि पैसा उठाउदै हिडेको देखेपछि अग्रवालले खोज्दै जाने क्रममा निक्कै विपन्न देखेपछि सहयोग गरेको बताउनुभयो ।
मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष अग्रवाल रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष समेत रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच