निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा तामाङ

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा शम्भु तामाङ निर्विरोध चयन हुनुभएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा शनिवार सम्पन्न नवौं जिल्ला अधिवेशनबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका-३ छोरम्बुका तामाङको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन भएको हो ।

युनियनको खुला उपाध्यक्षमा चिरञ्जिवि आचार्य, समावेशी उपाध्यक्षमा भुपध्वज खत्री, महिला उपाध्यक्षमा ओमसरा राई, सचिवमा सुमन वास्तोला, सह-सचिवमा गिरिराज राना मगर र कोषाध्यक्षमा नवराज कटुवाल रहनुभएको छ ।

खुला सदस्यहरुमा डिल्लीप्रसाद ढकाल, खगेश्वर बञ्जारा, भोजराज आचार्य, महेश मिश्र, सन्तोष दाहाल छन् । महिला सदस्यहरुमा कल्पना शर्मा र समिक्षा आचार्य तथा समावेशी सदस्यमा सुवास राई हुनुहुन्छ । अन्य तीनजना सदस्य पछि मनोनित गरिनेछ ।

पाँच जना प्रदेश प्रतिनिधिमा चन्द्रमाया राई निर्विरोध चयन हुनुभएको छ । नवराज रिजालले ६५, योगेश श्रेष्ठले ८४, रविन कुमार फुयलले ८० र विवेक पराजुली ७४ मत पाएर निर्वाचित हुनुभएको छ । किरण राई ४० र विज्ञान राउत ३७ मत पाएर पराजित हुनुभएको छ ।

यसैगरी, पाँचजना महाधिवेशन प्रतिनिधिमा जानुका श्रेष्ठ निर्विरोध चयन हुँदा खेमराज आचार्यले ७९, प्रकाश घिमिरेले १०४, रमेश पोखरेलले १०० र रामकुमार राईले ७८ मत पाएर निर्वाचित हुनुभएको छ । विकास राई ४४ मत पाएर पराजित हुनुभएको छ ।

युनियनको १६९ जना मतदातामध्ये १२५ मत मात्रै खसेको थियो। अधिवेशनको निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव सान्तराज राईले उद्घाटन गर्नुभएको थियो । युनियनको तीनवर्षे कार्यकाल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?