झारपातले कुरूप बन्दै रारा तालको पश्चिम क्षेत्र

निर्पेन्द्रबहादुर मल्ल
निर्पेन्द्रबहादुर मल्ल
Read Time = 2 mins

मुगु । नेपालकै ठूलो र प्राकृतिक सौन्दर्यले भरिएको राराताल पछिल्लो समय झारपातको समस्याले कुरूप बन्दै गएको छ ।

तालको किनारमा बढ्दै गइरहेको झारपातले पर्यावरणीय सन्तुलनमा असर पुर्‍याउनुका साथै तालको प्राकृतिक सुन्दरतामा पनि ह्रास आएको छ ।

तालको पानी र किनार दुबै क्षेत्रमा झारपात तीव्र रूपमा फैलिएको छ । यसले तालको जैविक विविधतामा असर पुर्‍याउनका साथै तालको आकर्षण घटाएको छ । "रारातालको मुख्य आकर्षण यसको निलो पानी र सफा वातावरण हो तर अहिले झारपातले यी कुरालाई असर पुर्‍याइरहेको छ," छायाँनाथ रारा नगरपालिका वडा नं-९ मुर्माका स्थानिय शिक्षक नन्दसिंह राेकायाले भन्नुभयाे ।

उहाँका अनुसार उहाँ सानाे हुँदा ताल धेरैसफा देखिन्थ्याे तर आजभाेली पहिलेकाे जस्ताे सफा देखिदैन। जताततै खुल्ला सफा देखिने ताल आजभाेली तालका केही भागमा झारपातले गाँजेकाे उहाँले बताउनुभयाे ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयले झारपात नियन्त्रण गर्न केही पहल गरिरहेको भए पनि पर्याप्त साधन र स्रोतको अभावका कारण समस्या समाधान गर्न कठिनाइ भइरहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत महेश नाैपानेले बताउनु भयाे ।

रारातालकाे पश्चिम तिरकाे क्षेत्र निजारमालगायत अन्य स्थानमा भएकाे झारपात सफागरी ताललाई शुन्दर रूपदिने आफ्नाे याेजना रहेकाे अधिकृत न्यौपानेले बताउनुभयो ।

राराताललाई दीर्घकालीन रूपमा संरक्षित गर्न योजनाबद्ध रूपमा झारपात नियन्त्रण, सरसफाइ अभियान र जैविक विविधताको संरक्षण गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?