काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले नयाँ पार्टी बनाउने हुनु भएको छ ।
एमालेबाट निष्कासित भएपछि उहाँले राजनीतिक भेटवार्तालाई तीब्रता दिनुभएको छ। यसैबीच नेता रावल नयाँ पार्टी निर्माणको छलफलमा जुट्नु भएको छ ।
सोमबार बिहान नेता रावले नेपाली कांग्रेस (बीपी) का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा तारा जोशीसँग छलफल गर्नुभएको छ । दुई नेताले रावल निवास टोखामै पुगेर छलफल गर्नुभएको हो ।
उहाँले नयाँ पार्टी घोषणा गर्नका लागि आगामी बुधबार पत्रकार सम्मेलनसमेत बोलाउनु भएको ।
कार्की बैन्क्वटमा बुधबार दिउँसो १ बजेका लागि पत्रकार सम्मेलन बोलाइएको छ ।
रावलको सचिवालयका अनुसार उक्त पत्रकार सम्मेलनमा पार्टी घोषणा गर्न अहिले आन्तरिक गृहकार्य भइरहेको छ ।
गत पुस १० गते एमालेले संगठित सदस्यसमेत नरहनेगरी कारबाही गरेपछि पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका रावल नयाँ पार्टी गठनको तयारीमा हुनुहुन्छ । रावलको नयाँ पार्टीमा सुदूरपश्चिमका नेकपा एमाले र काङ्ग्रेसमा असन्तुष्ट रहेका केही नेता सहभागी हुने सम्भावना देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच