काठमाडौं । नेपालका भूपेन्द्र गुरुङलाई अमेरिकामा दुई छुट्टै संस्थाले साढे पाँच लाख (चार हजार युएस डलर) नगदसहित सम्मान गरेको छ । अमेरिकामै भएको दुई छुट्टै प्रतियोगितामा एक स्वर्ण र तीन रजत गरी चार पदक जित्दै नेपालको प्रतिष्ठा अभिबृद्धि गरेवापत भूपेन्द्रलाई सम्मान गरिएको हो ।
तमु परिवार न्युयोर्कद्वारा आयोजित ल्होछार २०८१ को उपलक्ष्यमा भएको कार्यक्रममा भूपेन्द्रलाई तीन हजार युएस डलरसहित तमु परिवार अवार्ड प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अथिति न्युयोर्क एसेम्बली मेम्बर जिल्ला ३० का स्टेभेन राघ र तमु परिवार न्युयोर्क इन्ककी अध्यक्ष मनीतादेवी गुरुङले भूपेन्द्रलाई नगदसहित अवार्ड प्रदान गनुभयो ।
त्यस्तै हृयाप्पी किचन रेस्टुरेन्ट न्यूयोर्कका प्रोपाईटर वीरेन्द्र गुरुङले भूपेन्द्रलाई एक हजार युएस डलरसहित प्रशंसा पत्र प्रदान गर्नुभयो ।
भूपेन्द्रले डिसेम्बर ८ तारिखमा न्यु टाउन, पेन्सिल्भिनियामा भएको छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा समान एक÷एक स्वर्ण र रजत गरी दुई पदक जित्नुभएको थियो । भूपेन्द्रले त्यसअघि क्यालिफोर्नियामा नोभेम्बर ९ तारिखमा भएको १५औं गोल्डेन ड्रागन च्याम्पियनसिपको दुई स्पर्धामा दुई रजत जित्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच