काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघको राष्ट्रिय विस्तारित भेला नौबुँदे नवलपुर-चितवन घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । विस्तारित भेलाले वर्तमान समयमा उद्योग क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । भेला संयोजक डा. तिलचन्द्र भट्टराईले भृकुटी कागज कारखानालगायत बन्द भएका देशका सबै उद्योगलाई सरकार र निजी साझेदारीको अवधारणामा पुनः सञ्चालनमा ल्याउन माग गर्नुभएको छ ।हेल्प नेपालको ग्लोबल मिट
व्यवसायीले राष्ट्रिय पुँजी निर्माण गर्न उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै कानुनसम्मत व्यवसाय सञ्चालन गर्न चाहे पनि विरोधाभाषपूर्ण ऐन, कानुन र नियमावलीका कारण समस्या भएकाले समस्या समाधान गरिनुपर्ने, राष्ट्रिय पुँजी निर्माण गरी समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना सार्थक बनाउन नेपालको आर्थिक समृद्धिका प्रमुख स्रोतहरू कृषि, पर्यटन, जलस्रोत, आइटी, खनिज क्षेत्रको विकास र न्यायोचित वितरण गरिनुपर्ने, नेपालको धार्मिक पर्यटनको सम्भावना बोकेको देवघाटधाम, नारायणी नदी, त्रिवेणीधामसँगै अयोध्यापुरी र राम जन्मभूमिलगायतका क्षेत्र समेटी राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्नुपर्ने, महत्वपूर्ण धार्मिक पर्यटकीय र ऐतिहासिक क्षेत्रमा कुनै पनि फोहोरजन्य पदार्थ विसर्जन नगर्ने गरी यसको शुद्धता कायम गर्दै पर्यटकीय आर्थिक क्षेत्रका रूपमा विकास गरिनुपर्ने घोषणापत्रमा उल्लेख छ ।
महासंघले भृकुटी कागज कारखानालगायत बन्द भएका देशका सबै उद्योगलाई सरकार र निजी साझेदारीको अवधारणामा पुनः सञ्चालनमा ल्याउन माग गरेको छ ।
त्यस्तै, कोरोला नाकासहित गण्डकी करिडोर व्यवस्थित गर्न तीन तहकै सरकारले पहल गर्नुपर्ने, भारत र चीन जोड्ने सबैभन्दा छोटो दूरीको केरुङ–रसुवागढी हुँदै माडी ठोरीसम्मको द्रुतमार्ग निर्माण गरी सोे क्षेत्रलाई आन्तरिक र बाहृय व्यापारको प्रमुख व्यापारिक केन्द्र (ट्रेडिङ हब) बनाइनुपर्नेमा पनि महासंघले जोड दिएको छ ।
दुर्ई ठूला प्रमुख राजनीतिक दल सहभागी भई निर्माण भएको सरकारले छोटो समयमै आर्थिक क्षेत्रमा देखिएको अन्योलग्रस्त अवस्था सकारात्मक दिशातर्फ उन्मुख गराउने गरी आशाका किरण प्रवाह गर्न थालेकोप्रति खुसी व्यक्त गर्दै अझै पनि लगानीको वातावरण निर्माण नभइसकेको भन्दै आर्थिक गतिविधिमा अवरोध ल्याउने विरोधाभासपूर्ण ऐन कानुन र नियमावली संशोधन गरी व्यवसायमैत्री कर प्रशासन ल्याउन माग गरिएको छ । दुर्ई दिनसम्म सञ्चालन भएको बैठकले उद्योगी व्यवसायीहरूका वर्तमानका चुनौती सामना गर्दै अवसरका रूपमा विकास गर्न सक्ने चुस्त दुरूस्त संगठन निर्माण गर्न विधान परिमार्जन गरेको महासंघका संयोजक भागिरथ सापकोटाले जानकारी दिनुभयो ।
भेलामा एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकालले राज्यले अपेक्षा गरेको उद्योग व्यवसायीको भूमिका र संगठन सुदृढीकरणका विषयमा धारणा राख्नुभएको थिया भने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार तथा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले तथ्यांकसहित वर्तमान आर्थिक अवस्था, अर्थनीति र मौद्रिक नीतिमा गरिएका सुधारका विषय चर्चा गर्नुभएको थियो ।
भेलामा उपस्थित व्यवसायी प्रतिनिधि तथा संघ संस्थाका पदाधिकारीद्वारा मुलुकमा व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा राखिएका जिज्ञासा खतिवडाले सहजीकरण गर्दै ऐन, कानुन परिवर्तन गर्नुपर्ने विषयमा पहलकदमी लिने आश्वासन दिनुभएको थियो । देशभरबाट करिब तीन सय ५० प्रतिनिधि सहभागी भएको भेलाको उद्घाटन नेकपा एमाले महासचिव शंकर पोखरेलले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच