एनआइबिएल एस र सस्तोडिलबीच सम्झौता

Read Time = 2 mins

काठमाडौं । एनआइबिएल एस क्यापिटलले इ-कमर्श कम्पनी सस्तोडिलमा लगानी गरेको छ । क्यापिटल र सस्तोडिलबीच सार्वजनिक निष्काशनको उद्देश्यका साथ लगानी सम्झौतामा हस्ताक्षर भएको हो । लगानीले सस्तोडिललाई नाफामुखी संस्था बन्न र सार्वजनिक निष्काशनमा जाने बाटो खोल्ने बताइएको छ । सम्झौतामा एनआइबिएल एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडे र सस्तोडिलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अमुन थापाले हस्ताक्षर गर्नुभएको छ ।

इ–कमर्शले संसारभरिका विभिन्न मुलुकको अर्थतन्त्र र व्यवसायमा ल्याउन सक्ने आमूल परिवर्तन स्थापित भइरहेको अवस्थामा नेपालमा पनि सो परिवर्तन ल्याउन सस्तोडिल सक्षम छ भन्ने कम्पनीले आफ्नो १० वर्षको इतिहासले प्रमाणित गरेको एनआइबिएल एसका प्रमुख कार्यकारी अधिकृत पाँडेले बताउनुभएको छ ।

उक्त अवसरमा सस्तोडिलका संस्थापक तथा सिइओ अमुन थापाले एनआइबिएल एस क्यापिटल जस्तो प्रतिष्ठित संस्थासँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउनुभयो । डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टिम गोचरले एनआइबिएल एसको लगानीले स्थानीयस्तरमा हुने लगानीले सस्तोडिलको व्यवसाय वृद्धिमा थप टेवा पुग्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?