बिपीको मेलमिलाप नीति अहिले पनि महत्त्वपूर्ण : नेता श्रेष्ठ

हिमालय टाइम्स
Read Time = 2 mins

गुल्मी । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले राष्ट्रिय आवश्यकता अनुरुप बिपीको मेलमिलापको नीति अहिले पनि महत्त्वपूर्ण रहेको बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीद्वारा आयोजित ४९औं राष्ट्रिय एकता र मेलमिलाप दिवसमा उहाँले देशभित्रका शक्तिहरुसंग एकताको नीति लिएर बिपी कोइराला स्वदेश फर्किनुभएको हुँदा वर्तमान समयमा पनि मेलमिलापको नीति उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको हो ।

नेता श्रेष्ठले वर्तमान समयमा पनि बिपी कोइरालाको मेलमिलापको नीतिलाई सबैले आत्मसात गर्न जरुरी भन्दै सबै एकताबद्ध भएमा देशमा विकास सहज रुपमा हुने बताउनुभयो । तत्कालीन समयमा देश अप्ठ्यारोमा परेको हुँदा बिपी कोइरालाले देशलाई अप्ठ्यारो परिस्थितिबाट जोगाउन भारतबाट मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको बताउनुभयो । राष्ट्रवादी इमान्दार पञ्चहरु प्रजातन्त्रवादी कांग्रेससंग नझस्क र प्रजातन्त्रवादी कांग्रेसहरु राष्ट्रवादी पञ्चसंग नतर्स बिपीले भन्नुभएको सबैलाई स्मरण गराउनुभयो।

उहाँले प्रजातन्त्र बहालीको मात्र कुरा गरिरहँदा राष्ट्रियता नै गुम्न सक्ने खतरालाई देखेर आफु माथिका गम्भीर आरोपहरुको समेत पर्वाह नगरी बिपीले स्वदेश फर्कने जोखिम मोल्नुभएको बताउनुभयो । देशमा भएका परिवर्तनसंगै हरेक अभ्यासहरु बिपी कोइरालाको मेलमिलापको नीति अनुरुप भएको भन्दै उपसभापति श्रेष्ठले राष्ट्रिय एकता तथा मेलमिलापको नीतिको महत्त्वलाई जनस्तरमा पुर्‍याएर सबै एकताबद्ध हुन जरुरी रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
2 Like Like
0 Love Love
2 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?