अर्थतन्त्र सुधार गर्न सरकारले सकारात्मक हस्तक्षेप गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

Read Time = 5 mins

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान समस्या समाधान गर्न अर्थतन्त्रमा सरकारले सकारात्मक हस्तक्षेप गर्ने बताउनुभएको हो ।

शुक्रवार काठमाडौंमा भएको २४ औं फ्लोरा एक्स्पो कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी अर्थतन्त्र सुधार गर्न सरकारले हस्तक्षेप गर्ने बताउनुभएको हो । उहाँले वर्तमान आवश्यकता र नेपाली जनताको आवश्यकता अनरुप सरकारले सकारात्मक रुपमा अर्थतन्त्रमा हस्तक्षेप गरी अर्थतन्त्रमा सुधार र विकास निमार्णलाई गुणात्मक बनाउन मेहनत आवश्यक रहेको बताउनु भयो । मन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले अर्थतन्त्रका वर्तमान समस्या समाधान गर्न सरकारले तत्काल नीतिगत कदम चाल्नुपर्छ भन्ने विषयमा सहमत रहेको बताउनु भयो । उहाँले आज नै मन्त्रीपरिषद्लाई पूर्णता दिएपछि अर्थतन्त्रको विषयमा छलफललाई निश्चित टुङ्गोमा पु¥याउने बताउनु भयो । उहाँले सरकारले प्राथमिकताको आधारमा नीति र योजना बनाउने बताउनु भयो । उहाँले अर्थतन्त्र तत्काल निराश हुनुपर्ने स्थितिमा नभएको भन्दै अर्थतन्त्रलाई सरकारले यथास्थितिको निरन्तरतामा नराख्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘वर्तमान आवश्यकता र नेपाली जनताको आवश्यकता अनरुप सरकारले प्रत्यक्ष रुपमा अर्थतन्त्रमा हस्तक्षेप गरी अर्थतन्त्रलाई सुधार गरी विकास निमार्णलाई गुणात्मक बनाउन सरकारले धेरै मेहनत गर्नुपर्छ । अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । अर्थतन्त्रका वर्तमान समस्या समाधान गर्न सरकारले तत्काल नीतिगत कदम चाल्नुपर्छ भन्ने विषयमा सरकार सहमत छ । सरकारले यो विषयमा गम्भिर रुपमा गृहकार्य थालेको छ । सरकारले आज नै मन्त्रीपरिषद्लाई पूर्णता दिएपछि अर्थतन्त्रको विषयमा छलफललाई निश्चित टुङ्गोमा पु¥याउनेछौं । प्राथमिकताको आधारमा नीति र योजना बनाउनेछौं । हामी तत्काल निराश हुनुपर्ने स्थिति छैन। अर्थतन्त्रलाई सरकारले यथास्थितिको निरन्तरतामा राख्ने छै्रनौं । सरकारले सकारात्मक हस्तक्षेप गर्नेछौं । समस्याको समाधान गरी अर्थतन्त्रको गति प्रदान गर्ने दिशातिर जानेछ । सरकारले चुलिदो व्यापार घाटालाई मन्त्रीहरुले जतिसुकै भाषण र प्रश्ताव पारित गरे पनि मुलुकको अर्थतन्त्र । विकासको यात्रालाई सहिदिशातिर लैजान सकिँदैन । यसबाट ठूलो संकट व्यहोर्नुपर्ने छ । भ्रष्टाचारको प्रभावकारी नियन्त्रण सहितको सुशासन विकास र समृद्धिको लागि पहिलो शर्त हो । सरकारले पुँजीगत खर्चमा वृद्धि गर्नैपर्ने हुन्छ । व्यापार घाटा कम गर्नको निम्ति उत्पादनमा वृद्धि गर्नुपर्छ । उत्पादन वृद्धिले मात्रै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गरी व्यापार घाटा कम गर्छ ।’

मन्त्री श्रेष्ठले सरकारले चुलिँदो व्यापार घाटालाई मन्त्रीहरुले जतिसुकै भाषण र प्रश्ताव पारित गरेपनि मुलुकको अर्थतन्त्रको यात्रालाई सही दिशातिर लैजान नसक्ने दाबी गर्नुभयो । उहाँले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण सहितको सुशासन विकास र समृद्धिको लागि पहिलो शर्त भएको बताउनु भयो । उहाँले सरकारले पुँजीगत खर्चमा वृद्धि गर्न आवश्यकता रहेको बताउनु भयो । उहाँले व्यापार घाटा कम गर्नको निम्ति उत्पादनमा वृद्धि गरे मात्रै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गरी व्यापार घाटा कम गर्न सकिने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?