नेपाली राजनीतिको मियो बनेर देश चलाउँदै आएका पार्टीहरू धेरै छैनन् तीन-चारवटा मात्र छन् । तीमध्ये पनि नेपाली कांग्रेस सधैं अग्रस्थानमा रहँदै आएको छ । नेपाली कांग्रेसको प्रतिस्पर्धीका रूपमा आउने नेकपा एमाले हो भने त्यसपछिको तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । त्यसपछि भने राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीहरू रहेका छन् । राष्ट्रिय पार्टीका रूपमा दर्ज हुन नसकेका र संसद्मा एक–दुईजना सांसद जितेर प्रतिनिधित्व गर्ने पार्टीहरू अरू पनि छन् । पार्टी खोल्ने रहर लहड र अरूप्रतिको इष्र्याका कारणले आपूm अगाडि आउन चहेको जस्तो जेखिए पनि केही नेताहरू त्यसरी पार्टी खोल्नाले नेपालको राजनीतिक परिदृश्यबाट हराउँदै गएका छन् ।
यसको कारण भनेको पार्टीमा एकता नभएर हो । पार्टी फुटाउने र अर्को पार्टी खोल्ने काम गर्दागर्दै पार्टीहरूको अस्तित्व नै समाप्त हुन पुगेको छ । आजका दिनमा पनि बाहिर देखिएका ठूला पार्टीहरूमा समेत मतमतान्तर रहँदै आएको छ र बेलाबेलामा कुनै अमूक पार्टी फुट्ने भयो भन्ने जस्ता चर्चा बाहिर आइरहन्छन् । नेपाली कांग्रेस जस्तो ठूलो र प्रजातन्त्रको नेतृत्व गर्ने गौरवमय इतिहास बोकेको पार्टीमा समेत यस्तो कमजोरी छँदैछ । संस्थापनाकालको र त्यसपछिको कुरा छेड्ने हो भने पनि प्रतिबन्धित अवस्थामा रहँदामा समेत यस्तो अवस्था कायमै थियो । त्यसको प्रतिबिम्बन २०४८ साल र त्यसपछिको राजनीतिमा जनताले नै देख्ने थाहा पाउने गरी बाहिर नै छताछुल्ल भएको थियो ।
त्यसबेला सन्त नेता कृष्णप्रसाद भट्टराईलाई हराएको र नेपाली कांग्रेसको बहुमतको सरकार छँदाछँदै संसद् विघटन गरी मध्यावधि निर्वाचनमा जानुले नेपाली कांग्रेसमा प्रत्यक्ष रूपमै रोपिएको मतान्तरको बिज आजका दिनसम्म मौलाइरहेको छ । यो विषवृक्ष दिनप्रतिदिन झन्-झन् झांगिएर गइरहेको छ । अहिले पनि नेपाली कांग्रेसमा संस्थापन इतर पक्ष भनेर डा.शेखर कोइरालाको पक्ष र संस्थापन पक्ष भनेर सभापति शेरबहादुर देउवाको पक्ष आपसमा मतमतान्तरमा रहेका छन् । कहिलेकाहिँ त पार्टी नै फुट्ने भयो भन्नेसम्मका हल्ला फैलिने गर्छन् । यस्ता चर्चाले पार्टी मजबुत बन्दैन बरू अझै कमजोर बन्न जान्छ, यो मेरा पक्षको मानिस र यो अन्य पक्षको मानिस भन्नाले पार्टीको एकता र पार्टी मजबुत बन्नका लागि कसरी टेवा पुग्छ ?
बीपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउने सन्दर्भमा पार्टी सभापतिले भन्नुभएको देशभर राष्ट्रिय मेलमिलाप आवश्यक छ भन्नुभएको भनाइबाट हालका दिनमा एकता छैन भन्ने अर्थ लाग्छ र अबका दिनहरूमा देशभर यस्तो आवश्यकता छ भन्नुभएको हुनसक्छ । महामन्त्री विश्वप्रकाश शर्माले बीपीको एकता र मेलमिलाप राजासँग मात्र नभएर जनताका बीचमा हो भन्ने तर्क गर्नुभएको छ । तर, त्यसबेला राजनीतिको केन्द्रीयताका राजा भएका कारण जनता र राजा, जनता र जनता, राजनीतिक पार्टीहरू र जनता अनि राजनीतिक पार्टीहरू र राजाबीचको मेलमिलाप तथा एकता उहाँले चाहनुभएको थियो ।
२०३३ साल पुस १६ गते बीपी भारत निर्वासनबाट केही साथीहरूका साथ फर्किनुभएको वर्षदेखि निरन्तर रूपमा नेपाली कांग्रेसले पुस १६ गतेलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको भए पनि पछिल्ला वर्षमा राजनीतिक निष्ठा कम र नेताहरूमा स्वार्थ बढी भएका कारण यस दिवसलाई फिक्का बनाउँदै लगिएको छ । नेताहरूको बोलीको मजबुन हेर्ने हो भनेमात्र पनि पार्टीमा रहेको मतभिन्नता र नेताहरूको कुण्ठा देखार्पछ । यस्तो मतान्तर पनि वैचारिकभन्दा स्वार्थगत बढी देख्न सकिन्छ । हुन त यस्तो सबै पार्टीमा छ र वैचारिक रूपमा मतमतान्तर नभएको एउटामात्र पार्टी पनि छैन भन्ने देखिएला, यो यथार्थ पनि हो तर अरू पार्टीका नकारात्मक विशेषतालाई दृष्टान्त मानेर आफ्नो पार्टी चलाउने काम कुनै पार्टीको नेताले गर्छ भने त्यो सरासर गलत हो ।
राम्रा कुरा अरूको पार्टीको अनुकरण गर्नुपर्ने र नराम्रा कुराहरू आफ्नै पार्टीका पनि हटाउँदै जानु सफलताको द्योतक हो । नेपाली कांग्रेसमा हालको अवस्था बिग्रहउन्मुख जस्तो देखिने गरेको छ । संस्थापन इतर पक्षका रहेका नेताहरूबीच पनि अर्को बिग्रहको अवस्था सिर्जना भएको र संस्थापन पक्षमा पनि केही नेताहरू सभापतिका विरुद्ध लविङमा रहेको भन्ने समाचारले गर्दा यस पार्टीको २०५८ सालको अवस्थाको सम्झनाले झस्किनुपर्ने अवस्था छ । तर, हाल शेखर कोइरालाले यस कुरालाई बुझेर हुनसक्छ संस्थापन पक्षको प्रशंसा गर्नुभएको छ । अन्य पार्टीहरूको अवस्था पनि त्यही हो । माओवादी बेलाबेलामा विभिन्न चिरामा चोइटिएकै हो र उग्र कुरा गरेर मूल प्रवाहबाट बाहिरिनुभएका विप्लव हाल कृषि अभियान अममा हुनुहुन्छ । यसबाट बरू राष्ट्र लाभान्वित भइरहेको छ ।
एमाले पनि विभाजन भएर माले र एमाले बनेकै थियो । पुनः एकीकरण भएको भए पनि त्यसबेला मालेको नेतृत्वमा रहनुभएका वामदेवको अवस्था हाल यता न उताको अवस्थामा पुगेको छ । सोही पार्टीका अर्का प्रभावशाली नेता डा.भीमबहादुर रावललाई पनि एमालेले हाल घरको न घाटको बनाएको छ । पार्टीहरूका यस्ता मतमतान्तरले गर्दा ती पार्टीहरू कमजोर बन्न जाने कुरा त छँदैछ, यसका सार्थ राष्ट्रिय राजनीतिको मियोसमेत कमजोर बनेर अन्ततः राष्ट्रको राजनीतिक कूटनीतिक क्षेत्रका साथै यिनले मार्गदर्शन गर्ने सम्पूर्ण पक्ष कमजोर बन्नपुग्ने कुरा निर्विवाद छ । यसमा अरू पार्टीहरूभन्दा पनि प्रजातन्त्रको संवाहक सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले बढी सचेतता अपनाउनै पर्ने हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच