✍️ प्रा.डा.खेम कोइराला बन्धु
खेमनाथ दाहालको अहोरात्र
उषा पछिको प्रकाशक
स्वयम्भूको आँखा
देख्छु शिवको त्रिनेत्र
सगरमाथाको चुलीमा
महाकाव्यकार दाहाल
कुनै बेला हामी वामतर्फ थियौँ तर यो ढल्काइमात्र । पछि हामी स्वतन्त्र निस्पृह रहृयौ ।
तपोभूमि, शिवभूमि, ज्ञानभूमि, जहाँ जनक छन् जहाँ सीता अनि अष्टवक्र, गार्गी, कात्यायनी र मैत्रेयी किं वदन्तिका कुरा कति होलान् तर त्यसलाई धेरै पर राखौँ यथार्थतर्फ जाऔँ ।
एउटा वाणिज्य शास्त्र पढ्ने युवा मैले थाहा पाउँदा गणित गजवले पढ्दथ्यो बीसौँ दशकको सुरुमा ।
हाम्रो लागि कञ्चनजंगाको फेदमा आगोको फिलुंगोका कुरा गथ्र्यो त्यो जमानाको कुरा हो । धनकुटाली हामी जसले तेह्रथुम, ताप्लेजुंग र शंखुवासभा जिल्ला हेर्दथ्यो ।
आहा ! कञ्चनजंगाको फेदमा जन्मिएका हुर्किएका हामी तर त्यो बाह्र-तेह्र वर्षसम्म मात्र आहा ! कति रमाइलो तीनजुरेको प्राकृतिक दृश्य अकल्पनीय मार्मिक ।
भन्नु पहाड थिएन त्यो । थियो समतल हामी किशोरको लागि । फर्कन्छु त्यही किशोरकाल जुनबेला यिनै महाकाव्यकार भाइ खेमनाथ दाहालसँग मेरो एघार वर्षको उमेरमा भेट भयो । यिनी त हामै्र आफन्त पो रहेछन् । हामी एउटै विद्यालयमा ग्रामीण परिवेशमा स्वतन्त्र र स्वच्छन्द बिहान उठ्यो आफूभन्दा अग्रजलाई आदर गर्दै केही पुनरावत्ति र आज बुझाउने केही पाठ रटो, खेलकुदमा सामेल भयो । साढे नौ बजेपछि कक्षा कक्षामा ।
एउटा राष्ट्रवादमा प्रशिक्षित उच्च चेतना भएको संवेदनशील व्यक्तिले अहोरात्र चिन्तन गर्यो तिष्टा र किल्ला कांगडा दार्जिलिङ र देहरादुन नालापानी । सम्झियो सम्झिरहृयो वीरताका पुर्खाका यथार्थ कुरा आज कसैलाई लग्न सक्छ पटक-पटक आक्रमण गर्ने कुइरेहरूलाई वीर नेपालीले अस्त्र विना खेदाएको हराएको गोर्खालीहरूको गौरवपूर्ण वीरताको इतिहास ।
यसरी धेरै दिन बिते । त्यही बेलाको कुरा हो पछि कतिले नाम बदले कति त्यही नाममा रहे । म चाहिँ तेह्र वर्षको उमेरमा धरानको विजयपुरतिर लागेँ हाम्रा यी महाकाव्यकार खेमनाथ दाहाल त्यसको एक वर्षपछि त्यो स्थललाई छाडेर उनको स्थायी घर धरानतर्फ फर्किए । त्योसम्म उनी र म चिठीपत्र र खवरमा मात्र सीमित रहृयौँ ।
त्यही समय त हो हाम्रा महाकाव्यकारले भएका कपडा जुत्ता पनि फुकालेर चाडो चाडो दौडेर हेलिकप्टरबाट चामल खसाएको हेर्न मोतिलाल अर्थात् अहिले भनिने जननेता मदन भण्डारीसँग दौडेको ।
त्यो भन्दा अगाडि पनि यी दौतेरी भाइहरू दौडेको म झल्झली सम्झिरहन्छु । स्वतन्त्र स्वच्छन्द प्रकृति रमाइलो कहिले तमोरतर्फ दौडने कहिले संक्रान्ति र माघे मेला अथवा फुङ्लिङ बजारको त्यो दृश्यमा मुग्घ हुने आहा ! त्यो सुन्दर हरियालीको डाँडै–डाँडा आँखै नझिम्क्याई बाटै नहेरी दौडदै पुग्ने र फर्कन सक्ने अवस्था । छात्रावासका ती रमाइला दिनहरू मुड्कीले नरिवल फुटाउने बाजीहरू मीत लगाउने चलन ।
किराती संस्कृति त्यो लिम्बुवान भरखरै त थियो प्रजातन्त्र परास्त भएको । हामीलाई त्यस बारेमा न त चासो थियो न त थाहै । तथापि यी महाकाव्यकार भाई कलिलो उमेरमै उप-सभापति बने मेदिबुङ पाठशालाको छात्रसंघका तर पछि किन हो ? राजनीतिमा आएन ।
सञ्चारको माध्यम थियो आवा.(आकाश वाणी) अथवा हुलाक नै । घरबाट माया गरेर पठाइ दिएको पैसा आवश्यकता भन्दा बढी नै हुन्थ्यो खर्च गर्ने के मा ? यस्तै यस्तै ।
स्कूल र छात्रवासमा बस्ता सामान्य साहित्यका कुरा हुन्थ्यो, रमाइन्थ्यो प्रकृतिमा । तमोरको कलकल वनजंगल वनस्पति आहा !
आकाश हेथ्र्यौ कल्पना आउँथ्यो तर त्यसलाई मूर्तरूपमा चित्रण कहा गर्नु कोरो फालिदियो । भन्दै थिएँ पछि धरानमा आएपछि उसको र मेरो समाज एउटै भयो तर भएन ।
ऊ कस्सिएर वाणिज्य शास्त्रतर्फ लाग्यो । वाणिज्य सायद उसको रुचिको विषय म त साहित्यको विद्यार्थी । पछि म कीर्तिपुर र ऊ त्रिचन्द्र पढ्दै गर्दा हामी फेरि जाडियौँ काठमाडौंको डेरामा वाम वाम भयौ । वाम र कांगको द्वन्द्व । ऊ भिडन्तभन्दा तर्कमा लाग्यो कहिले काही भन्दै म चै सुरिन्थेँ । त्यसबेला उसको स्थायी बसोवास धरानमा थियो त्यो स्थायित्व हाम्रो केही पछि भयो ।
धरानको प्रकृति अवर्णनीय सौन्दर्य त्यो विजयपुर, सर्दू, फुस्रे, घोपाक्याम्प, रेल स्टेशन, चतरा, चक्रघट्टी र बराहाक्षेत्र यी सबैलाई लोभ्याउने नै भए । चारकोषे झाडी अनि बुढासुब्बा कुनै समयको राजधानी विजयपुर तल्लो बजार माथ्लो बजार नयाँ र पुराना बजारहरू ।
यात्राको क्रम जीवन यात्रा उसले यही बसेर जीवन गाडी अघि बढायो । विराटनगर उसको प्रिय भयो त्यहाँ निकै रमायो त्यसबेलाको युवावस्थाको भारम्भिक अवस्था युवासन्धि भनौ उसले अनौठो काम गर्यो उसले किरात संस्कृतिबाट प्रभावित भएर हो कि ? प्रेम गर्यो त्यो बेलाको क्रन्तिकारी कदम ! म सम्झिन पुग्छु मानो अर्जुनले गरेको गान्दर्भ विवाह । यी मेरा स्मृति पटलमा आइरहने कुरा समुद्रको एकछालपछि हर्को छाल जस्तो ।
एउटा सम्पन्न परिवार हाम्रो कुलमै विशिष्ट र उदाहरणीय आदर्श परिवार । उसको पिताजीलाई मेरो पिताजीले दाजु भन्नु हुन्थ्यो । उहाँको कलकत्ता, बम्बे, अहमदाबाद र देल्हीसम्मको प्रख्याति । त्यस बखत इन्दीरा गान्धीको निमन्त्रणामा दिल्ली दरबार गएर चिना हेर्ने विरलै मध्ये एक नेपाली । सझन्छु कोमल दाईले त्यही सन्दर्भमा कलकत्तामा उच्च शिक्षा हासिल गर्नु भयो । त्यो बेलाको सिएको अध्ययन गर्न पाउनु नै एउटा विशिष्ट पक्ष । पछि राष्ट्र बैक र अनेकौ संस्थामा काम र कार्य प्रमुख यसको अर्को पाटा छँदैछ ।
दशैँको समय थियो । ठूली आमाको दर्शन गर्न हामी चकरघट्टी पुग्यौँ । त्यहाँ तीन दिन बस्यौँ तेहीबीचमा महाकाव्यकारले हामीलाई बराहक्षेत्र सम्पूर्ण घुमायो । बराहको महिमा र ऐतिहासिक पक्षहरू उसले केलाउँदै विकास वादको सन्दर्भमा बराहको मूल मूर्तिको व्याख्या गर्यो ।
फर्कँदा हाम्रो पैदल यात्रा दुईघण्टा जतिको थियो अति रमाइलो कवि अरूणा कोइराला साथमै । म अति चाडो हिँड्दो रहेछु । उनीहरू कुरा गर्दै-गर्दै नदीको बारे धर्मको बारे प्रकृति र संस्कृतिको बारे । यस्तै चतरा, कोशी टप्पु श्रीलंकका टापु अनेक अनेक अझ कोशी वन्यजन्तु आरक्षण आदि ।
घर आयौँ । एक सय तीन वर्षको आमा दशैँको निकट आफैँ उठ्नु हुन्थ्यो । आफैँ हिँड्नु हुन्थ्यो दुइटा लौरो टेकेर टक...टक...टक...।
साल्लिदी काल्लिदीहरू अहोरात्र आमासँगै । नातिना पनातिनाहरू सबै आउँदै जाँदै गरेका छन् । तिमी को हौ ? सोध्नु हुन्थ्यो तर तुरून्त बिर्सनु हुन्थ्यो स्मृति समुद्रको छाल जस्तो ।
एउटा रमाइलो कुरा उहाँ नातीहरूलाई कति रुपैयाँको जागिर खान्छौ ? सोध्नु हुन्थ्यो आफ्नै समय जस्तै । उनीहरूको तलब सुनेर छक्क पर्नुहुन्थ्यो । आफ्नु अतीतको कुरा गर्दै आठ आनामा बिहे हुन्थ्यो अहिले दाउरा आउँदैन के गरी खान्छौ भनेर गुनासो गर्नुहुन्थ्यो । यस्तै पुरानो स्मृति हुन्थ्यो जुन मैले अनुभव गरेको छु गरिरहेको छु । अहिले झल्झती सम्झन्छु उहाँको उचाइ । त्यो बेलामा उहाँले दिएका स्नेहहरू आर्शिवाद र अर्तिहरू । मेरा स्मृति पनि त विस्मृति भइसके । झल्झली उहाँका नाकको बुलाकी अरू टम्म गहना श्वेतश्याम वर्ण शरीर दुई हातले आफैँ लठ्ठी लिएर हिँडेको । अरूत अरू त्यो उमेरमा पनि घ्यू विना खान न बस्ने ।
दाजुहरू आइरहने । हाम्रा महाकाव्यकार सपत्नी उषासहित छँदै थिए । यिनै शृङ्खलाको कडीभित्र म मेरा भाइमित्र खेमनाथ दाहाललाई पाउँछु वाणिज्य शास्त्रको उन्नत विद्यार्थी भन्थे मेरा अग्रज साथी डिन प्रो.उपेन्द्रबहादुर प्रधानाङ्गले । अरू प्राध्यपक पनि भन्थे सरल प्रकृतिको यो सामाजिक छ विश्व विद्यालयमा पढाउन आउँछ तर खै कुन्नि के भयो ऊ यतातर्फ प्रवेश गर्न आएन किन आकर्षित भएन ? खैर ।
एक दिन अचानक आइपुग्छ भन्छ बुढा मैले त कविता लेखे कस्तो लाग्छ एउटा कपी तेस्र्याउँछ म विस्फारित नेत्रले एकटक उसलाई हेरिरहन्छु उसको कपी खोल्दिन । सोच्छु यो मसँग जिस्किँदै छ । ऊ कहिले काही जिस्किन्थ्यो बुढा एक–दुई राउण्ड चिया खाउँ है भनेर । उसले परिवारसँग संघर्ष गर्यो अरू कुरामा होइन अन्तरजातीय विवाहका कुरामा । अत्यन्त शुद्ध पवित्र ज्योतिष परम्पराका बाबु, काका, दाजुहरूमा यसरी अन्तरजातीय विवाह खास गरेर समाज र बाआमाका अगाडि विद्रोह थियो । म त्यतातिर प्रवेश गर्दै गर्दिन ।
आउँ प्रसंगमा उसले श्रद्धाञ्जलि कवितासंग्रह (२०५४) रश्मी खण्डकाव्य (२०५६) योद्धाकाव्य (२०६०) हावर्डको चौतारीमा कवितासंग्रह (२०६३) श्वेतपत्र महाकाव्य (२०६७) म त बन्दी भएको छु कवितासंग्रह (२०७३) यात्राको सिकर्नी नियात्रासंग्रह (२०७७) र अहोरात्र यथार्थपरक उपन्यास (२०७९) मा प्रकाशन गरेको छ ।
यही प्रसंगमा मैले उसका सबै कृति पढ्न भ्याएको छु रमाइलो कुरा उसको योद्धा काव्यको समीक्षा मैले गरिसकेको छु । योद्धापछि उसको ऐतिहासिक सारगर्वित महाकाव्यात्मक कृति श्वेतपत्र २०६७को पाण्डुलिपी मेरो अगाडि उसले तेस्र्यायो म परे तीनछक्क अनुष्टुप छन्दमा लेखेको । मैले सोचेको थिए उसले छन्दमा यसरी साहित्यको सिर्जना नगर्ला । प्रतिभा उसको छँदै थियो व्युपत्ति र अभ्यासले उसलाई खा¥यो । गोविन्द भट्टराई, गोविन्द भट्ट, गोपीकृष्ण शर्मा ख्यातनामा बालकृष्ण पोखरेल, तारानाथ शर्मा, मोदनाथ प्रश्रित, पुष्कार लोहनीबाट अनेकौ सन्दर्भमा उसका कृतिहरूका चर्चा भए । सबैले उसका कृतिका बारेमा प्रशस्त लेखे । कृष्ण गौतम गोविन्द भट्टराईले उत्तर आधुनिक विमर्श आ-आफ्ना कृतिमा पर्याप्त प्रकाश पारेका छँदैछन् ।
हामी २०२२-२३ सालतिर फर्कन्छु जहाँ नेपालको वेइजिङ भनिने धरानमा हामी हुन्छौ । त्यहा हामीलाई भारतीय विस्तारवाद अमेरिकन साम्राज्यवाद भन्न सिकाइयो जोडिन्थे त्यहाँ महेशपुर, सुस्ता, कोशी, गण्डकी, महाकालीमा भारतले हस्तक्षेपका कुरा । सिक्किम भारतमा विलय गराएपछि अथवा पाकिस्तान फुटाएर बंगलादेश बनाएपछि हाम्रो कविको हृदय सुगौली सन्धितर्फ फर्कियो ऊ त्यस बेलाको इष्ट इण्डिया कम्पनी ब्रिटिश साम्राज्यवादको दबदवा इतिहासबाट आत्मसात गर्न पायो ।
यता हे¥यो उच्च शिखर हिमाल कञ्चनजंगा अरू विश्वका कैयौं उच्च हिमालहरू नेपालमा । सम्झियो बाल्यकालमा बा र जुनुजनबाट सुनेको ‘हिमालयो नामः नगाधिराजः’ देख्यो गौरिशंकर हिमालय पुग्यो पशुपतिनाथको शिवको शिर अझ सम्झन पुग्यो कैलाश मानसरोवरदेखि मेची-काली । अनेक भावना प्रवाहमा बग्यो ढुंगा शालिकग्राम हुनपुग्यो र प्राप्त गर्यो समुद्र मन्थनको अमृत ‘श्वेतपत्र’ महाकाव्य ।
एउटा राष्ट्रवादमा प्रशिक्षित उच्च चेतना भएको संवेदनशील व्यक्तिले अहोरात्र चिन्तन गर्यो तिष्टा र किल्ला कांगडा दार्जिलिङ र देहरादून नालापानी । सम्झियो सम्झिरहृयो वीरताका पुर्खाका यथार्थ कुरा आज कसैलाई लग्न सक्छ पटक-पटक आक्रमण गर्ने कुइरेहरूलाई वीर नेपालीले अस्त्र विना खेदाएको हराएको गोर्खालीहरूको गौरवपूर्ण वीरताको इतिहास ।
नेपाल माता उसको संवेदना चेतना र सम्वेगले श्वेतपत्र तयार गर्यो जुन उसको कोशेढुंगा बनेको छ । अहिले सम्झन्छु उसको यो लेखनको बीज सायद योद्धाबाटै भएकोछ । त्यसो त उसले धरानमा बस्दा ब्रिटिशहरूको जगजगी स्वयम् अनुभूत गरेकै हो । त्यहाँको प्राकृतिक स्रोत उसपार पुर्याउने हाम्रा कलिला जवान उसको सेनामा भर्ती गर्ने अनि विश्व युद्धमा भाडाका सैनिकझैँ होम्ने कति कारुणिक पक्ष छ । भाइको योद्धा काव्यले पनि अगम सिं गिरीको युद्ध र योद्धा खण्डकाव्यलेझैँ यही बोलेकोछ । साम्राज्यवादी र विस्तारवादीको युद्ध कहिल्यै जनताको पक्षमा हुँदैन बोलेको छ । ससायद यो समवेदनामा थप बल पुर्याउन पारिजातको शिरीषको फूल अथवा दौलत विक्रम विष्टको चपाइएका अनुहारहरूबाट पनि उसलाई थप प्रेरणा आएको हुँदो हो ।
मैले सबै कृति पढ्न भ्याएको छु । रमाइलो कुरा ‘योद्धा’ काव्यको समीक्षा मैले गरिसकेको छु । योद्धापछि उसको ऐतिहासिक सारगर्वित महाकाव्यात्मक कृति ‘श्वेतपत्र’को पाण्डुलिपी मेरो अगाडि उसले तेस्र्यायो म परे तीनछक्क अनुष्टुप छन्दमा लेखेको । मैले सोचेको थिए उसले छन्दमा यसरी साहित्यको सिर्जना नगर्ला । प्रतिभा उसको छँदै थियो व्युपत्ति र अभ्यासले उसलाई खार्यो ।
एकदिन अचानक भन्यो कसरी कतिसम्म सहनु उसको सन्दर्भ थियो गोविन्द भट्टको शान्ति सन्देश खण्डकाव्य साथै रिपु दलमर्दन खण्डकाव्यको । पृथ्वी नारायण र महाभारतसँग सम्बन्धित भएर शान्ति र नेपालको एकीकरणको सन्दर्भमा लेखिएका यी दुई कृतिलाई उग्रवामहरूले प्रतिक्रियावादी भन्न पनि भ्याए तर आनन्ददेव भट्ट, पारिजात र मोदनाथ प्रश्रितले उच्च तहको सिर्जना भनेर प्रसंशा गरे यिनै दुई कृतिमा शाश्वतता र युगीनता भएको कुरा । एक पटकको सन्दर्भ हो कवि भाइले मोटर साइकल लिएर आयो । हामी हुइकियोँ कलाकार मनोजबाबु मिश्र कहा उनले श्वेतपत्र महाकाव्य पाउनसाथ भने तपाईं अभिनन्दनीय हुनुहुन्छ के गर्ने म छन्दमा लेख्न सक्दिन मेरो मनको भावना तपाईंले छन्दमा कोर्नुभयो । मेरो चित्रमा अब हेर्न पाउनुहुन्छ त्यही सन्दर्भमा डा.तारानाथ शर्माले भने पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरण सुरूवात गरेको विभिन्न जनजातीको रगत पसिना र वलिदानीले सिर्जिएको यो वीरभूमिमा ज्ञानको भण्डारको एउटा पक्ष तपाईंले उजागर गर्नु भएको छ देशभक्तिको नमुना । उनीले त यतिसम्म भनी दिए वीरकालीन काव्य धारामा यो महाकाव्य दरिनुपर्दछ । यसैगरी एकदिन गोविन्द भट्टले चुरोट तान्दै भाइलाई भनेको सम्झन्छु मैले राष्ट्र कविलाई नेपाल आमाको बारेमा महाकाव्य लेख्नुहोस् म मेरा मनका कुरा पनि तपाईंलाई भन्दछु भन्दा उहाँले म बुढो भए अब भ्याइँदैन होला भन्नुभयो । तर, तपाईंमा लेख्न सक्ने क्षमता छ तपाईंले आमाको यावत वेदनासहित सम्पूर्ण कुरा समेटन सक्नुहुन्छ म सहयोग गर्छु भने । तर, महाकाव्य किन लेखिएन भाइ आफैँ जान्दछ ।
खैर कुनै पनि साहित्यकार सबै विधामा उत्तिकै विशिष्ट हुन्छ भन्ने छैन लेखनाथ सम र देवकोटाकै कुरा गरौ कोही कवितामा केही नाटकमा त कोही काव्य महाकाव्यमा । मैले त मोहनराज शर्माकै कुरालाई भनेको हुँ तिमी कविता विधामै चुलिनु....तर कवि भाई लोभ लाग्यो ऊ विविध विधामा छरियो उसले सम्झेको हुनुपर्छ ठान्छु । मैले उपन्यास पनि लेखेको छु । तीन दर्जनभन्दा बढी कथासंग्रह काव्य महाकाव्य तर मलाई उपन्यासकार अथवा महाकवि भन्दैनन् भाषा शास्त्री नै भन्दछन् ।
एक पटक चैतको महिना हुँदो हो हामी लैन चउरको डेरीमा आइस क्रिम चीज र दही खाइ अलका बस्ती पुग्यौ । यथा समयमा कविवर माधव घिमिरेसँग भेट्न । उहाँले आफ्नु पुस्तकालय र संग्रालय देखाएपछि कविभाइलाई भन्नुभयो तपाईंको विधा कविता विधानै हो धार राष्ट्रवादी धेरै विधामा चल्मलाई रहनु हुँदैन । म अनुवादक पनि हो कसले भन्छ र ? नाटककार पनि हो कसले गन्छ र ? नाट्य निर्देशक पनि हो तर त्यस विधामा कसले चिन्छ र ? गौरी र राजेश्वरीको प्रसंग त्यसबेला नउठाइ राष्ट्र निर्माता खण्डकाव्यको श्लोक वाचन गर्नुभयो अनि उहाँका राष्ट्रिय गीत जो राष्ट्रिय भावनाले ओजप्रोत छन् । उहाँको सल्लाह थियो यही सुगन्ध यही माटो तपाईंका कृतिमा आउनुपर्छ । भक्तिथापा, बलभद्र अमर सिंह थापा हेर्नु त कुनै समयमा हाम्रा पुर्खाले तिब्बत सिक्किम र चीनसम्म पनि आफ्नो हैकम कायम गरेको तिष्टा र किल्ला कांगडा त छँदैछ । अनि बाहिर फर्किएर भन्नु भयो हेर्नु होस्त यो रूखमा चरा कसरी बसिरहेकोछ आश्रित छ रूखमा कहिले कही त मलाई लाग्छ हाम्रो जीवन पनि यस्तै हो । त्यो चरीले वेचरा पुतली वा परी जस्तो गरेर हुर्काएको उसको सन्तान उढेर जान्छ चुडेर जान्छ चरी आफ्ना खुशीले रमाउनुपर्छ र आफैँ प्राण पखेर छोड्छे......। कस्तो दार्शनिक कुरा तपाईंको कर्तव्य हो समाजको लागि केही गर्ने अब म थाकेँ । यसो म घडी हेर्छु अढाइ घण्टा वितिसकेछ । हामी अभिनन्दन गर्दै उहाँको बैठक कक्षबाट बाहिरिन्छौ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच