कैलाली । सुदूरपश्चिममा खराब संगत र परिवारको बेवास्ताका कारणयुवाहरु लागुऔषधको दलदलमा फस्दै गइरहेका छन् । सामाजिक रूपमा सबैको साथ र सहयोगले मात्र कुलतमा लागेकाहरूलाई सही बाटोमा ल्याउन सकिने प्रहरी अधिकारीहरु बताउँछन् । सुदूरपश्चिममा एकै दिन शुक्रवार प्रहरीले १३ जना युवालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
एकैदिन प्रहरीले सुदूरपश्चिमको तीन जिल्ला कैलालीबाट १०, कञ्चनपुरबाट १ र डडेल्धुराबाट २ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।पक्राउ पर्नेमा टीकापुर नगरपालिका-२ राजीपुरका २३ वर्षीय विक्रम बुढा, १९ वर्षीय मिलन टमटा, धनगढी उपमहानगरपालिका-३ स्थित केदार टोलमा चिया नास्ता पसल गर्ने ४० वर्षीय खेमराज महरा रहेका छन् ।
त्यस्तै, कृष्णपुर नगरपालिका-७ का ३४ वर्षीय मोहन राना, धनगढी-७ का २५ वर्षीय प्रभुपन राना, १८ वर्षीय अमन राना रहेका छन् । यसैगरी, धनगढी-१३ का २९ वर्षीय बाहाली राना, वडा नम्बर ६ का ३१ वर्षीय दिपक राना, कृष्णपुर नगरपालिका-९ का २४ वर्षीय प्रदीप राना, ३० वर्षीय अनिल राना पक्राउ परेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ खैरभट्टीबाट लागूऔषधसहित ३१ वर्षीय कैलाश लुहार पक्राउ परेका छन् । उता डडेल्धुराबाट अमरगढी नगरपालिका-५ बागबजार स्थित बसपार्कबाट नवदुर्गा गाउँपालिका-२ बस्ने २६ वर्षीय खेम राज भट्टर डोटीको शिखर नगरपालिका-८ गोबघाट बस्ने २६ वर्षीय साजन बलायरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसरी युवा पक्राउ पर्ने क्रमलाई हेर्दा सुदूरपश्चिम लागूऔषध प्रयोगकर्ता र कारोबारीको हटस्पट बन्दै गएको देखिएको छ । विशेषगरी कैलाली र कञ्चनपुरमा यसका सेवनकर्ता र कारोबारी बढीरहेका छन् भने पछिल्लो समय सुदूरपश्चिमका पहाडी जिल्लामा पनि यसको प्रभाव बढ्दै गईरहेको छ । तर यसको नियन्त्रणमा भने नेपाल प्रहरी सफल हुन सकेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच