काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ज्येष्ठ नागरिकका लागि सहयोग सामग्री हस्तान्तरण गरेको छ । पुस १९ गते एक कार्यक्रमबीच काठमाडौंको पेप्सीकोलास्थित ज्येष्ठ नागरिक चौतारी नामक संस्थामा ५० थान कुर्सी हस्तान्तरण गरेको हो । संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय चुच्चेपाटीमार्फत् उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।
ज्येष्ठ नागरिक चौतारीका राधा आचार्य भट्टलाई स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका नायब महाप्रबन्धक गोविन्द चापागार्इंले सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा सिनामंगल नगर सेवा समाजका अध्यक्ष विजयराज पौडेलले स्वावलम्बन लघुवित्तको सहयोग र सामाजिक कार्यको प्रशंसा गर्दै सेवाको निरन्तरता र वित्तीय संस्थाको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।
संस्थाले ग्राहक संरक्षण कोषबाट प्राकृतिक विपत्तिबाट भएको क्षतिमा राहत प्रदान गर्ने, गम्भीर प्रकृतिका रोग लागेका बिरामीलाई तथा प्रसूति, आगलागी तथा बाढीपहिरोबाट आवास क्षति भएका सदस्यलाई सहयोग गर्ने, समस्यामा परेका ऋणीको व्यवसायको सुरक्षण एवं पुनस्र्थापना गर्ने तथा ग्राहकको शिक्षा र क्षमता विकासमा उपयोग गर्ने गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ग्राहक संरक्षण कोषबाट एक करोड ८५ लाख चार हजार पाँच सय ४७ रकम प्रदान गरेको छ । साथै सदस्य तथा सदस्यका संरक्षकको निधन हँुदा परिवारका आश्रित अन्य सदस्यहरूलाई कर्जा तिर्ने दायित्वबाट राहत दिने उद्देश्यले लगानी गरिएको कर्जाको बिमा गर्ने व्यवस्था मिलाएको छ । आर्थिक वर्ष २०८०/८१ मा मात्र १९ करोड ६० लाख ९८ हजार बिमा सुविधा प्रदान गरिएको संस्थाले जनाएको छ । वित्तीय संस्थाको नाफा रकमको निश्चित प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा राखी सो कोषबाट वित्तीय संस्थाको कार्यक्रम सञ्चालन भएका कार्यक्षेत्र तथा अन्य क्षेत्रभित्र रहेका विभिन्न सामाजिक परियोजनाहरूमा खर्च गर्न, विपन्न वर्गका लागि सञ्चालन गरिने शिक्षा तथा स्वास्थ्यमा हुने खर्चमा आवश्यक सहयोग गर्न र विपन्न वर्गको सामूहिक हितका लागि सहयोग हुने कार्यक्रम विकासमा खर्च गर्ने व्यवस्था रहेको छ । कोषबाट आर्थिक वर्ष २०८०/८१ मा १५ लाख दुई हजार चार सय ७२ खर्च भएको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच