जुम्ला । जुम्लाकाे तिला गाउँपालिका स्थित कर्णाली राजमार्गअन्तर्गतमा सडक अतिक्रमण गरि बनेका संरचना हटाउने काम सुरु भएको छ ।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार यहाँको तिलाकाे कुडारी, त्रिवेणी बजारमा सडक अतिक्रमण बनेका सबै संरचना हटाउन थालिएको कार्यालय प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो । अतिक्रमण गरी बनाइएका घरटहरा तथा निर्माण सामग्री हटाउन र दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तिला गाउँपालिका र सडक डिभिजन जुम्लाले चासो लिएर काम भइरहेको छ ।
तिलाकाे रारासेरी बजारमा भने केही टहरा हटाएको छ । सडक अतिक्रमणका विषयमा विभिन्न समयमा तिला गाउँपालिका र वडा कार्यालयबाट जारी गरिएका सूचना केवल सूचना टाँसमै सीमित भएको बेला अहिले उक्त सूचनालाई कार्यान्वयन गर्न स्थानीय सरकार र सडक डिभिजन जुम्ला लागि परेको कार्यालय प्रमुख चौधरीकाे भनाइ छ ।
तिला गाउँपालिका-३ निवासी ज्वारीलाल भट्टराईले आफ्नो निर्णय कार्यान्वयन गर्न पटक पटक बजारवासीले नगरपालिका र सडक डिभिजन जुम्लालाई आग्रह गर्दा पनि ती कार्यालयले एकले अर्कालाई दोषारोपण गर्दै पन्छने गरेको बताउनुभयो । समयमै अव्यवस्थित घरटहरा नहटाइँदा र तिला-३ कै खाडेखोलामा पुल निर्माण हुन नसक्दा बेला बेलामा दुर्घटना हुने गरेको छ ।
गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले अतिक्रमण हटाउने विषय प्राथमिकताका साथ राखेर काम भइरहेको जानकारी दिनुभयो । राजमार्ग अतिक्रमण गरेर बनेका सबै संरचना हटाउन स्थानीय तहलाई पत्राचार गरिसकेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच