काठमाडाैं । चीनमा मंगलवार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ५३ पुगेको छ । साथै ६२ जना घाइते भएका छन् । मंगलवार बिहान चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
मङ्गलवार (बेइजिङ समय) बिहान ९ बजेर ५ मिनेटमा सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा परी मङ्गलवार दिउँसोसम्म ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ । भूकम्पको धक्का नेपालसम्म महशुस गरिएको थियो ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच