काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कलाकारलाई सम्मान गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा नेपाल व्यवसायिक कलाकार संघको ३० औं स्थापना दिवस तथा राष्ट्रिय विभूति अरनीको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले कलाकारहरुले आफ्नो कलाकारितामार्फत नेपाललाई विश्वभर चिनाइरहेको उल्लेख गर्नुभयो । उहाँले कलाकारिता क्षेत्रमा भावी पुस्ताले भविष्य सुनिश्चित देख्नेगरी काम गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कलाकारलाई सम्मान त गर्नुपर्छ नि त । आफूले केही गर्न नसकेपनि नेपालमा कलाकारिता गरेर यो विधालाई जीवन्त तुल्याइरहनुभएको छ, उहाँहरुलाई कदर गर्ने कार्यक्रममा जसरी पनि पुग्नुपर्छ भनेर म आइपुगेँ । कलाकारितालाई नयाँ पिँढीले पनि यसमा भविष्य छ भन्ने प्रेरणाको रुपमा लिनेछन् ।’
उपप्रधानमन्त्री सिंहले कलाकारिताको माध्यमबाट कलाकारहरुले नेपाललाई विश्वमा चिनाइरहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच