लण्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङघम फरेस्टले सानदार जित दर्ता गरेको छ । मंगलबार बिहान सकिएको खेलमा नटिङघम फरेस्टले वुल्भ्सविरुद्ध ३-० को सानदार जित दर्ता गरेको हो । नटिङघम फरेस्टले प्रिमियर लिगमा लगातार ६ खेल जित्दै कीर्तिमान पनि बनाएको छ । वुल्भ्सको मैदान मोलिनेक्समा गिब्स-व्हाइटले खेलको सुरुवाती सातौँ मिनेटमा गोल गर्दै पाहुना टोली नटिङघम फरेस्टलाई अग्रता दिलाउनुभएको थियो ।
यसपछि क्रिस वुडले पहिलो हाफको अन्त्यतिर ४४औँ मिनेटमा सिजनको आफ्नो १२औँ गोल थपेपछि अग्रता दोब्बर भयो । त्यसैगरी इन्जुरी समयको चौथो मिनेटमा टाइभो अवोनीयीले अर्को गोल गरेपछि नटिङघम फरेस्टले ३-० को जित पक्का गरेको थियो ।
खेलमा वुल्भ्सका लागि जोआओ गोम्स र योर्गन स्ट्रान्ड लार्सनले राम्रो अवसर सिर्जना गरे तापनि फरेस्टका गोलकिपर माट्ज सेल्सको उत्कृष्ट प्रदर्शनले उनीहरूको प्रयास विफल भयो । नयाँ म्यानेजर भिटोर परेराको नेतृत्वमा वुल्भ्सले पछिल्ला तीन खेलमा दुई जित र एक बराबरी गरे तापनि फरेस्टविरुद्ध पहिलो हार बेहोर्नुपरेको हो । जितसँगै फरेस्ट प्रिमियर लिगको शीर्ष तेस्रो स्थानमा रहेको छ । वुल्भ्स रेलिगेसन जोनमै रहेको छ । फरेस्टले आफ्नो आगामी खेल शनिबार लुटन टाउनविरुद्ध एफए कपमा खेल्नेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच