काठमाडौं । पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता गणेश साह अस्वस्थ हुनुभएको छ । उहाँको काठमाडौंको चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचार भइरहेको छ ।
गत पुस ११ गते बिहान अचानक श्वासप्रश्वासमा समस्या आएपछि सुरुमा मध्य बानेश्वरस्थित भेनस अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । त्यहाँ तीन दिन आइसियूमा उपचार गराएर घर फर्कनुभएका साहलाई पुनः श्वासप्रश्वासमा गाह्रो भएपछि मेडिकेयर अस्पताल भर्ना गरिएको होे ।
एक सातादेखि उहाँको उक्त अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई निमोनिया देखिएको र स्वास्थ्यमा क्रमिक सुधार भएको उहाँकी श्रीमती एवं महिला सुरक्षा दबाब समूहकी अध्यक्ष कल्याणी शाहले हिमालय टाइम्सलाई जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच