काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ दिनमा बैंक तथा वित्तीय संस्थाबाट एक खर्ब ७० अर्ब रुपैयाँ तानेको छ । बैंकले तीनपटक गरेर उक्त रकम तानेको हो । बैंकले निक्षेप संकलनमार्फत् जनवरी १ मा ४० अर्ब रुपैयाँ, जनवरी ५ मा ५० अर्ब खिचेको हो । बुधबार पनि राष्ट्र बैंकले ८० अर्ब रकम खिचेको छ । बैंकले १४ दिने निक्षेप संकलन जारी गर्दै बोलकबोलमार्फत् उक्त रकम बैंक तथा वित्तीय संस्थाबाट तान्न लागेको हो ।
यसअघि दुईपटक तान्दा भने राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन गरेको थियो । यो पटक भने बैंकले निक्षेपको समयावधि घटाएर १४ दिनका लागि मात्रै तान्न लागेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच