देश विकासको बाधक नै असारे विकास प्रवृत्ति: अमरेशकुमार सिंह

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०८० को सम्बन्धमा छलफलमा भाग लिँदै प्रतिनिधि सभा सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताउनुभएको हो । उहाँले असार महिना लागेपछि काम नभएको ठाउँमा पनि रकम भुक्तानी हुने गरेको भन्दै यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभएको हो । उहाँले देश विकासको बाधक नै असारे विकास प्रवृत्ति रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘साधारण खर्च र पुँजिगत खर्चको जबसम्म डिफरेन्सेस कम हुँदैन । तबसम्म देश विकास हुँदैन । त्यसमा पनि पुँजिगत खर्चमा के हुन्छ भने मन्त्रालयले पैसामा कुर्लि मारेर बसेको हुन्छ । जब असार आउँछ रातारात काम नै नभएको बिल पेमेन्ट हुन थाल्छ । हरेक होटलहरु प्याक हुन थाल्छ । यो प्रवृत्ति कसरी खतम गर्ने ? देश बिकासको सबभन्दा बाधक के हुन्छ भने असारे विकास । असारमा आउन बित्तिकै विकासको मुल फुट्न थाल्छ र चेक काट्न थाल्छ । त्यसकारणले अरु आर्थिक वर्षदेखि वैशाखभन्दा उता चेक नकाट्ने प्रवृत्ति बन्नुपर्छ । किनकी असारमा वर्षा शुरु भइसक्छ । त्यसकारणले असारे बिकासलाई कसरी अन्त्य गर्ने त्यो पनि सोच्नुपर्छ ।’

उहाँले असारे बिकासलाई रोक्न वैशाख महिनाभन्दा पछि चेक काट्न नदिने व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?