जितेन्द्र बस्नेतलाई काठमाडौंको सीडीओको जिम्मेवारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख जितेन्द्र बस्नेतले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउनुभएको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै उहाँलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिनुभएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय मंगलबार सहसचिवबाट सविचमा बढुवा भएपछि रिक्त स्थानमा गृहमन्त्रालयको प्रवक्तासमेत सम्हाल्दै आउनु भएका बस्नेतलाई सरुवा गरिएको हो ।

यसअघि उहाँले चितवन र पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?