
भोजपुर । युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरु’ नामक कार्यक्रमबाट परिवारको सम्पर्कमा आउनु भएका भोजपुरका प्रकाश तामाङलाई नि:शुल्क बिद्युत मिटर उपलब्ध गराईएको छ ।
प्रकाशका लागि निर्माण गरिएको घरमा जडान गर्नका लागि नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले बिद्युत मिटर उपलब्ध गराएको हो । नगरपालिकाको वडा मार्फत आएको सिफारिस तथा अन्य आवश्यक काजगाजको आधारमा तामाङलाई मिटर उपलब्ध गराईएको प्राधिकरणका प्रशासन प्रमुख शान्तिलाल खतिवडाले बताउनुभयो ।
भोजपुर षडानन्द नगरपालिका वडा नम्वर १०, साम्पाङमा प्रकाशका लागि निर्माण गरिएको छ । पूर्वमन्त्री तथा संघीय सांसद सुदन किरातीको संयोजकत्वमा बनेको टिम मार्फत घर निर्माण भएको हो । प्रकाशको घर निर्माणका लागि भूतपुर्व गोर्खा सैनिक संघ गेसोका अध्यक्ष कृष्ण कुमार राईले आफ्नो पुर्खयौली करिव १५ लाख मुल्य बरावरको सात रोपनी जग्गा घर निर्माणका लागि उपलब्ध गराउनु भएको थियो ।
उपलब्ध गराईएको जग्गामा माओबादी केन्द्र षडानन्द नगर कमिटिको अगुवाईमा पाँच कोठे घर निर्माण गरिएको हो । संघीय सांसद किरातीको संयोजकत्वमा बनेको टिमले पार्टी कार्यकर्ताबाट श्रमदान तथा आर्थिक सहयोग जुटाउँदै घर निर्माण गरेको थियो ।
लगभग ३३ वर्ष हराएका प्रकाश युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरु’ नामक कार्यक्रमबाट षडानन्द नगरपालिका वडा नम्वर १०, साङपाङको छाप्लेगाउँमा बस्दै आउनु भएका बाबु आमाको सम्पर्कमा आउनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच