काठमाडौं । वरिष्ठ साहित्यकार पोषण पाण्डेको ९२औं जन्मजयन्तीका अवसरमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
उहाँको नाममा स्थापना भएको पोषण पाण्डे तीर्थ सदनले पाँचौं वर्षमा प्रवेश गरेको दिनको अवसर पारेर उक्त छात्रवृत्ति प्रदान गरिएको हो ।
उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्ने सन्दर्भमा ललितपुर जिल्लामा अवस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्यनरत २ जना विपन्न तथा जेहेन्दार छात्र–छात्रालाई एक-एक वर्षको लागि छात्रवृत्ति प्रदान गरी साहित्यकार पोषण पाण्डेलाई सम्झना गरियो।
छात्रवृत्ति स्वरुप नगद तीस हजार रुपैयाँ विद्यालयको व्यवस्थापन समितिले छनोट गरेका छात्र–छात्राहरुलाई सदनका महासचिव रन्जु पाण्डेले हस्तान्तरण गर्नुभयो ।
साहित्यकार पाण्डेको नाममा स्थापना भएको पोषण पाण्डे तीर्थ सदनले हरेक वर्ष सामाजिक काम गर्दै आएको छ ।
साहित्यकार पाण्डेको जन्म विसं १९८९ माघ १ गते भएको थियो। 'भिनाजुको स्वीटर’, ’कृष्णदासको भित्तेघडी’, ’राघेश्यामको साइकल’, जस्ता कैयौँ कथा लगायतका कृति उहाँले लेख्नुभएको थियो । उहाँको मृत्यु विसं २०४९ वैशाख ७ काठमाडौँमा भएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच