
एजेन्सी । महिला एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला घरेलु टोली अस्ट्रेलियाले एक खेलअगावै आफ्नो पक्षमा पारेको छ । मेलबर्नस्थित जंक्सन ओभलमा मंगलबार सम्पन्न दोस्रो एकदिवसीयमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई २१ रनले पराजित गरेको हो ।
जितसँगै अस्ट्रेलियाले तीन खेलको एसेज शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा अस्ट्रेलिया चार विकेटले विजयी भएको थियो । अस्ट्रेलियाले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४८.१ ओभरमा १५९ रनमै समेटियो । इंग्ल्याण्डका लागि एमी जोनसले अविजित ४७, नटालिया स्क्रिभर ब्रन्टले ३५, कप्तान हेदर नाइटले १८, माया बोचियरले १७ र एलिस क्याप्सीले १४ रन बनाउनुभयो ।
अस्ट्रेलियाका लागि एलना किंगले चार, किम गार्थले तीन तथा मेगन स्कट र एश्लेघ गार्डनरले समान एक विकेट लिनुभयो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १८० रनको योगफल तयार पारेको थियो । अस्ट्रेलियाका लागि एलिस पेरीले ७४ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ६० रनको योगदान गर्नुभयो ।
यसैगरी फोबी लिचफिल्ड र कप्तान एलिस हेलीले समान २९, एलान किंगले १३, बेथ मोनीले १२ तथा एनाबेल सदरल्याण्डले ११ रन बनाउनुभयो । इंग्ल्याण्डका लागि सोफी एक्लेस्टोनले चार, एलिस क्याप्सीले तीन, लोरेन बेलले दुई र लोरेन फिलरले एक विकेट लिनुभयो । शृंखलाको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच