
काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौँ म्यारियट होटलमा आफ्नो डिलर्स मीट आयोजना गरेको छ ।
सो कार्यक्रममा नेपालभरीका १०० भन्दा बढी डिलरहरूको सहभागिता थियो । कार्यक्रममा कजारिया सिरेमिक्स लिमिटेड इंडियाका संयुक्त प्रबन्ध निर्देशक चेतन कजारिया र ऋषि कजारियाले उपस्थिति थियो । उहाँहरुले कार्यक्रममा डिलरहरूसँग सक्रिय रुपमा सम्वाद गर्नुभयो । डिलरसँगको सम्बन्धलाई अझ मजबुत बनाउन भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्ने उहाँहरुले बताउनु भयो ।
कार्यक्रमको प्रमुख आकर्षण कजारिया रमेश टायल्स लिमिटेडको नयाँ अन्तर्राष्ट्रिय गुणस्तरको ३०/६० सिएम सिरेमिक वाल टायलको प्रदर्शन गरियो । आधुनिक प्रविधिले बनेको यस टायलले उत्कृष्ट डिजाइन र मजबुतिको उदाहरण प्रस्तुत गरेको छ । नेपालमा पहिलो पटक यसलाई प्रस्तुत गर्दै यस लिमिटेडले बजारमा ५० भन्दा बढी विशेष र स्टाइलिश डिजाइनहरू ल्याउने दावी गरेकाे छ ।
कजारिया रमेश टायल्स लिमिटेडले डिलरहरूका लागि अर्डर बुकिङ्ग योजना सुरू गरेको छ ।
अर्डर गर्ने डिलरहरूलाई सुन र चाँदीका पुरस्कार दिइने बताइएको छ । साथै कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो विदेश यात्रा योजनाका विजेता पनि घोषणा गरेको छ । जसमा उत्कृष्ट प्रदर्शन र योगदान दिइएका २५ जना डिलरलाई जापान, १३ जना डिलरलाई थाइल्याण्ड र ६ जना डिलरलाई सिंगापुरको लागि टिकट वितरण गरिएको छ ।
कजारिया रमेश टायल्स लिमिटेड, रमेश कर्प र कजारिया सिरेमिक्सको संयुक्त उपक्रमले, नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल फ्याक्ट्री निर्माण गर्दैछ जसमा चारसय करोडको लगानी गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच