
काठमाडौं । संघीय संसदका ६ विपक्षी दलको बैठक सुरु भएको छ । बानेश्वरमा सुरु भएको बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीका शीर्ष नेताहरू सहभागी छन्।
यसअघिको बैठकले संयुक्त वक्तव्य तयार गर्न नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुसाल रहेको २ सदस्यीय कार्यदल बनाएको थियो ।
कार्य दलले तयार पारेको ड्राफ्टलाई अन्तिम रुप दिन बैठक बसेको हो ।
बैठक लगत्तै विपक्षी दलले आज पत्रकार सम्मेलन गर्दैछन् । तीन बजेका लागि पत्रकार सम्मेलन बोलाईएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच